×

NMB BANK
NIC ASIA

एक जमाना थियो, नेपाली गायक–गायिकालाई आफ्नो स्वरमा गीत रेकर्ड गराउन असाध्यै मुस्किल थियो । एउटा गीतमा स्वर दिन मात्रै पनि ६ महिनादेखि १ वर्ष कुर्ने गर्थे नेपाली कलाकार ।

Sagarmatha Cement
Muktinath Bank

काठमाडौं बाहिरका कलाकारहरू १० पटक काठमाडौं आउजाउ गरेपछि मात्रै गीत निर्माण गर्न सफल हुन्थे । त्यति दुःख गर्नेहरू मनैदेखि कला क्षेत्रलाई माया गर्ने र कला भएका व्यक्तिहरू मात्रै थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तर अहिले समय फेरियो । जमाना आधुनिकतातर्फ मोडियो । पैसा भएपछि अटो ट्युन भरेर मीठो गीत दर्शकसँग पस्किन मिल्ने समय आयो । तर यो दर्शकलाई छल्ने काम मात्रै भइरहेको छ ।


Advertisment
Nabil box
Kumari

अटो ट्युन विनाको वास्तविक क्षमता केही समयअघि दुर्गेश थापाले एक टेलिभिजन कार्यक्रममा गाएको स्वरबाट थाहा हुन्छ ।

Vianet communication
Laxmi Bank

अहिलेका धेरै कलाकारलाई त्यो बेला स्वर परीक्षा पास गरेपछि मात्रै स्टुडियोको ढोका छिर्न पाइन्थ्यो, गीत गाउन पाइन्थ्यो भन्ने समेत थाहा छैन । हालै काठमाडौंस्थित डिल्लीबजार नजिकै आफ्नै घरमा गफिएर गायक नविन के भट्टराईले विगत सम्झिए, ‘त्यसबेला महिनौं कुरेर गीत गाउँथ्यौं । महिनौंसम्म गीत निर्माणमा समय दिन्थ्यौं । गीत चल्थे । वाहवाही हुन्थ्यो । कहाँ अहिलेजस्तो जमाना थियो र ?’

‘एउटा क्यासेटमा ८ वटा गीत हुन्थे, असन पुगेर क्यासेट ल्याएर त्यही गीत सुनिराख्थ्यौं,’ उनी भन्छन्, ‘अहिले गीत धेरै, महत्त्व कम भयो । त्यसबेला गीत थोरै तर क्वालिटीयुक्त गीत गज्जबका हुन्थे ।’

गीत भनेको आफू मरे पनि बाँच्ने चीज भएकाले हेलचक्र्याइँ गर्न नहुने बताउँछन् नविन । गायक भट्टराईले आफ्नो गीत ‘तिमीलाई सम्झिँदा’को धुन निर्माण गर्न मात्रै २ महिना लगाए । त्यसको गीत बनाउन १ महिना समय दिनुपर्‍यो । बजारमा ल्याउन ४ महिना लाग्यो ।

उनले भने, ‘त्यसबेला सबै कलाकारले बढी मेहनत गर्थे, त्यसैले त्यसबेलाका हरेकजसो गीत हिट हुन्थे । बजारमा आएका हरेकजसो गीतले मीठो छाप छोडेर मात्रै जान्थे ।’

नविनले अप्रत्यक्ष रूपमा थपे, ‘अहिले विना तयारी गायक–गायिका धेरै आए । तयारी विना १ दिनमै गीत लेखेर १ हप्तामा म्युजिक भिडियोसहित बजारमा गीत आउन थाले । त्यसपछि नेपाली संगीत उद्योगबाट कला हरायो । पछिल्लो समयका गीत, त्यसका शब्द, लय सुन्ने हो भने खै के हो, गीत हो र भन्ने भान हुन्छ ।’

तर, नविनले यो सबै अहिलेको टे«न्ड रहेछ भन्दै विषय अन्तै मोड्ने प्रयास गरे । नविनले पछिल्लो पुस्ताका कलाकारमा व्यावसायिक जोशजाँगरको अभाव रहेकोमा दुःख मानेका छन् । ‘मैले कसैलाई आरोप लगाउनु छैन,’ उनी भन्छन्, ‘सिक्न नखोज्ने, हतारहतारमा गीत ल्याउने, मेहनत नगर्ने । विथ आउट प्राक्टिस हाउ यु क्यान मेक योर सङ बेस्ट ?’

पहिलेको तुलनामा अहिले नेपाली गीतसंगीतको संख्या बढेको तर गुणस्तर विनाका गीत–संगीतको बाढी आएको लाग्छ नविनलाई । सोही कारण दर्शकले अहिलेका गीत एकछिन सुन्ने र केही समयपछि बिर्सिने गरेको नविन बताउँछन् ।

पछिल्लो समय नेपाली संगीतको बलियो ‘प्लेट फर्म’ भनेकै यूट्युब भएको छ । रेडियो, टेलिभिजनबाट पनि गीत त बज्छन् तर यूट्युबमा जस्तो दर्शक–श्रोताको सहज पहुँच र छनोट अरुमा छैन । 

पछिल्लो समय कमजोर र कमसल गीतले बजार पिटिरहेकोमा नविन खासै खुसी छैनन् । नविनलाई के लाग्छ भने पछिल्लो समय शब्दमा मात्रै होइन, संयोजनमा पनि असाध्यै हेलचक्र्याइँ भएको छ ।

अहिलेका गीत लोकप्रिय भएका छन्, नभएका होइनन् । उनी भन्छन्, ‘हिट हुनु र दर्शकले मन पराउनु फरक कुरा हो । अहिले यूट्युबमा आउने भ्युजको आधारमा कुनै पनि कलाकार र गीतमाथिको क्षमताबारे बोल्न गाह्रो छ ।’

यूट्युबमा अपलोड गरिएको गीतलाई आजभोलि ‘बुस्ट’ गरेर जबरजस्ती आएको भ्युज देखेर मख्ख हुनु राम्रो होइन भन्छन् उनी । ‘पहिलेजस्तो खोजी–खोजी दर्शकले मन पराइदिएका गीतलाई पो हिट मान्नुपर्ने होइन र ?’ उनले भने ।

खासमा नविन के भट्टराईले आजभोलि प्रविधिका कारण एकै गीतलाई जति पटक पनि रेकर्ड गराउन पाइने सुविधा भएकाले जस्ता पायो त्यस्तै प्रतिभा संगीत बजारमा छिरेको बताए ।

नविन के भट्टराइको परिचय अलिकति बेग्लै खालको छ । एक समयमा आधुनिक गीत, लोकगीतले जस्तै शहरी क्षेत्रका युवायुवतीको ध्यान नविन के भट्टराईका गीतले असाध्यै तान्थ्यो । नविन के भट्टराई भनेपछि त्यसबेलाका युवापुस्ताको बेग्लै आकर्षण थियो । अहिले पनि नभएको होइन तर त्यसबेलाको तुलनामा अहिले कमजोर छ, जुन कुरा नविनलाई महसूस भएको छ ।

‘मैले अहिलेको टे«न्ड जता गयो, त्यतै आफूलाई मोड्ने हो भने असम्भव थिएन,’ उनी भन्छन्, ‘तर मान्नुस् यो नेम र फेम भन्ने पनि एउटा चक्र हो । बिस्तारै हराउँछ । बिस्तारै पछि फर्किन्छ । यसमा खासै चिन्ता लिनुपर्ने विषय छैन । तर मेरो स्वभाव उही पुरानै हो, नविनको आफ्नै किसिमको स्टायल छ, त्यसबेला दर्शकले जे मन पराए, म अहिले पनि त्यही गर्ने हो ।’

तर ३ दशकदेखि अहिलेको पुस्तासम्मलाई गीत सुनाउन पाउँदा उनी मख्ख छन् । ‘एक किसिमले भाग्यमानी पनि हो,’ उनले भने, ‘त्यो बेला पनि मेरा गीतलाई असाध्यै मन पराउँथे । उफ्री–उफ्री नाच्थे । वान्स मोर भन्थे । अहिलेका युवापुस्ताको स्वभाव पनि त्यस्तै छ । नविन भनेपछि कुन कार्यक्रममा दर्शक शून्य छन् ?’

कुनै पनि कलाकारको ‘स्टार डम’ कहिले उच्च श्रेणीमा रहने र कहिले सामान्य हुने भएकाले यस विषयमा कोही कलाकार पनि चिन्तित हुन नहुने उनले बताए । ‘त्यसले डिप्रेसन, एन्जाइटी र नकारात्मक सोचतर्फ धकेल्छ,’ उनी भन्छन्, ‘टेक इट इजिली, जे हुन्छ राम्रो हुन्छ । साधना गर्न छोड्नुहुन्न । द्याट्स इट ।’

नविनले लकडाउनपछि आधा दर्जनजति कार्यक्रममा सहभागिता जनाइसकेका छन् । तर मेला महोत्सवमा होइन, लाउन्ज र बारमा भएका विशेष कार्यक्रममा । ‘आजभोलि बिस्तारै हलमा कार्यक्रम हुन छाडे,’ उनले भने, ‘भन्न किन हिच्किचाउनु ? आजभोलि धेरैजसो कलाकारको रोजीरोटी लाउन्ज र बारमा हुने कार्यक्रमले चलाएका छन् ।’

नेपाल र विदेशका केही कार्यक्रमका लागि कुराकानी भइराखेको र बिस्तारै कोरोना महामारी निको भएसँगै पहिलेजस्तै देश–विदेशका टूरमा व्यस्त हुने योजनामा छन् उनी ।

नविन के भट्टराई ३० वर्षदेखि संगीत उद्योगमा सक्रिय छन् । दर्जनौं लोकप्रिय गीत बजारमा ल्याइसकेका छन् । संसारका धेरै नेपालीको बस्तीमा पुगेर गीत गाएका छन् । तर लामो समयपछि उनले लकडाउनमा जीवन बिताए । लकडाउनसँगै उनी घरमै थुनिए । आमा, बहिनी, पत्नी र २ छोराछोरीका साथ उनले समय कटाए । लकडाउनकै बेला कान्छो छोरालाई जन्म दिइन् उनकी पत्नीले । उनी भन्छन्, ‘लकडाउनका बेला जन्मियो, असाध्यै खुशी भयौं । तर उसको नाम के राख्ने अहिलेसम्म फिक्स भएको छैन ।’

‘लकडाउनले गर्दा समाज, पैसा, परिवार, साथीभाइहरू बुझ्न पाइयो,’ उनले भने, ‘मलाई त लकडाउनले झन् क्रियटिभ बनायो । १ दर्जन हाराहारी गीत तयार गरेको छु । अब बिस्तारै रेकर्ड गर्ने हो ।’ अहिले आफ्नो ‘ड्रीम प्रोजेक्ट’मा व्यस्त रहेको उनले बताए ।

बिहान ४ बजे उठ्ने नविन के उठ्ना साथ तानपुरामा ‘प्राक्टिस’ गर्छन् । त्यसँगै गीतको रियाज गर्छन् । आधा घण्टा मर्निङ वाकमा निस्कन्छन् तर सधै होइन । नविनले भने, ‘रियाज सधै गर्छु । तर चिसो मौसममा अरु समयमा जस्तो नियमित मर्निङ वाकमा निस्कन्न ।’

उनले १ घण्टादेखि २ घण्टासम्म ब्हिान सधै साधना गर्ने गरेको बताए । उनले भने, ‘३० वर्षदेखि गीत–संगीतबाहेक अरु केही गरेको छैन । न कुनै व्यवसाय गरेको छु । फूल टाइम संगीतकर्मी हो । सोही कारण सधै रियाज गर्ने गरेको छु ।’

नविन के सामाजिक सञ्जाल चलाउँछन् । तर नेपाली न्यूजभन्दा धेरै विदेशी घटना हेर्छन् । नेपालको राजनीतिबाट वाक्क नविन भन्छन्, ‘सामाजिक सञ्जालमा सब्सक्राइब नगरे पनि केही आउँदैन । सधै आन्दोलन, सधै पार्टीका समाचार आउने न हो । इन्टरनेटमा बसेर नयाँ–नयाँ कुरा खोज्न मन पराउँछु ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १९, २०८०

साङ्गीतिक क्षेत्रमा छोटो समयमै नाम र दाम दुवै कमाएकी गायिकामा पर्छिन् रचना रिमाल । करिअर सुरु गरेको ३ वर्षको अवधिमै उनले १२ सय हाराहारी गीतमा स्वर दिइसकेकी छन् ।  थुप्रै देशमा पुगेर आफ्नो स्वर गुञ्जाइस...

पुस १६, २०८०

युवा लोकगायक अर्जुन सापकोटाले दाङको हापुरे महोत्सवमा दर्शक झुमाएका छन् । आइतवार मुख्य आकर्षणका रुपमा उपस्थित उनले आफ्ना चर्चित गीतहरू प्रस्तुत गरे ।  ‘हावा चिसो चिसो’, ‘पानी परेको...

पुस २७, २०८०

ओमनको साङ्गीतिक कार्यक्रम सकेर फर्किएकी गायिका रचना रिमाल देशभित्रका मेला–महोत्सवमा व्यस्त हुन थालेकी छिन् ।  विदेशको कार्यक्रम सकेर फर्किएसँगै केही गीत रेकर्ड गराएकी उनी फेरि महोत्सवमा पुग्न थालेकी...

कात्तिक २७, २०८०

गायक श्रीधर अधिकारीको नयाँ लोकदोहोरी गीत सार्वजनिक भएको छ ।  तिहारको अवसर पारेर सार्वजनिक ‘बाडुल्की ला होला...’बोलको गीतमा उनलाई शान्तिश्री परियारले गायनमा साथ दिएकी छन् । ​ बा...

मंसिर ९, २०८०

बलिउडमा कलाकारको पारिश्रमिकलाई लिएर निकै चर्चा हुन्छ । विशेषगरी चलचित्रका स्टारहरूको पारिश्रमिकबारे सञ्चारमाध्यममा प्रशस्त समाचार बन्छन् ।  नेपालमा पनि बेलाबेलामा चलचित्रका स्टार कलाकारहरूको पारिश्रम...

पुस २, २०८०

‘यो मेरो पिरती’ बोलको लोकदोहोरी गीत गाउँदै कमला मगरले गायनमा डेब्यु गरेकी छन् ।  अहिलेका चर्चित गायक खेम सेञ्चुरीसँग उनले यो गीतमा स्वर दिएकी हुन् । रमेश परियारको शब्द एवं संगीत, कृ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x