शरीरका यी पीडालाई बेवास्ता नगर्नुस्, ठूलो दुःख पाइएला

 शरीरमा पीडा हुनुलाई धेरैलाई सामान्य रूपमा लिन्छन् । एकछिन दुखेपनि बिस्तारै सबै ठीक भइहाल्छ भनी उनीहरू टार्ने गर्छन् ।

तर शरीरका केही भागमा उठेको पीडालाई ध्यान दिइएन भने पछि गएर धेरै दुःख पाइन्छ ।


Advertisement

१ टाउको दुखेको
टाउको फुट्ने गरी दुख्नु, पिठ्युँ र गर्दन दुख्नु अनि चक्कर लाग्नु भनेका एन्युरिजमका लक्षण हुन् । टाउको बेस्सरी दुखेको छ, हातगोडामा कमजोरी महसूस भएको छ र स्मरणशक्ति गुम्दैछ भने ब्रेन स्ट्रोकको लक्षण हो ।

२ छातीमा दुखाइ
हाच्छ्युँ गर्दा वा खोक्दा छाती चरक्क हुनेगरी दुख्छ अनि सास फेर्न गाह्रो हुन्छ भने छातीमा समस्या छ । छातीको देब्रेतर्फको भाग र फोक्सोमुनि पेटमाथि पीडा छ भने यो मुटुरोगको लक्षण हो ।


Advertisement

छाती पोलिरहेको छ अथवा केही चीजले घोचिरहेको जस्तो छ भने एसिडको समस्या हो ।

३ पेट दुखाइ
खना खानेबित्तिकै पेटमा पीडा र पोलेको जस्तो हुन थाल्यो भने अल्सरको लक्षण हो । पेटको माथिल्लो दाहिने भागमा अचानक पीडा हुन थाल्यो भने पत्थरी हुन सक्छ ।

४ खुट्टा दुखाइ
खुट्टा झनझन हुने, औंला सुन्निने र ढाडको तल्लो भागमा पीडा हुने स्थिति आएमा साइटिका रोग हो ।
घुँडामा घोचेको जस्तो हुने, जोर्नी रातो हुने र फुल्ने चाहिँ बाथको लक्षण हो ।

५ हात दुखाइ
औंला र हातको जोर्नीमा बेस्सरी पीडा हसने अनि केही कुरा छुँदा दुख्ने गर्न थाल्यो भने बाथरोग हो ।
हत्केलाको फेदमा र बूढी औंलामा बेस्सरी दुख्यो अनि केही कुरा समात्दा पीडा भयो भने डेक्वेरवेन टेन्डनाइटिस रोग हो ।

यस्तो अवस्थालाई बेवास्ता नगरी तत्काल चिकित्सककहाँ जानुपर्छ ।

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्