प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले योगेश भट्टराईको आलोचना गरेका छन् । उनले भट्टराईलाई ‘बैगुनी केटाकेटी’को संज्ञा दिँदै उनी निस्कँदैमा केही फरक नपर्ने बताए ।
शनिबार नेकपा ओली समूहको प्रदेश १ को सम्पर्क कमिटीको भेलालाई सम्बोधन गर्दै अोलीले प्रदेश १ मा बैगुनी निस्किएको भन्दै त्यसले केही फरक नपर्ने बताए ।
ओलीले भने– बैगुनी केटाकेटीबारे केही भन्नु छैन । आफू दौडेर गएर केटालाई जिताएर पठाउनुस् मन्त्री बनाएर पठाउछु भनेँ । मन्त्री पनि बनाइयो । एक दिन पुक्क लात्ताले हानेर भाग्यो । को रहेछ भनेर यसो हेरेको त उही केटो पो रहेछ ।’
भट्टराई ओलीको पुस ५ गतेको कदमपछि प्रचण्ड–नेपाल समूहतिर लागेका छन् ।
लोकान्तर संवाददाता