×

NMB BANK
NIC ASIA

सामूहिक बलात्कारको नाटक गर्दा...

माघ ४, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

तीन दिनअघि आफू सामूहिक बलात्कारमा परेको भन्दै ओखलढुंगाकी १७ वर्षीया युवतीले प्रहरीसमक्ष रोइ–कराइ गरिन् ।

Sagarmatha Cement
Muktinath Bank

उनले आफूलाई रातभरि पाँच जनाले बलात्कार गरेको प्रहरीलाई बताएकी थिइन् । युवतीको उजुरीपछि प्रहरी पीडकको खोजीमा लाग्यो । तर कतैबाट पनि बलात्कार भएको खुलेन । अन्ततः आर्थिक प्रलोभनमा परेर झूटो उजुरी दिएको खुलेपछि प्रहरीले युवतीलाई नै पक्राउ गरेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रहरीले अनुसन्धानकै क्रममा झूटो बलात्कार ठहर गर्दै पीडित भनिएका चिनीमाया नेपाली, कल्पना भुजुर र बलात्कारको नाटक गर्ने युवतीलाई पक्राउ गरेको हो । उनीहरूमाथि जबर्जस्ती करणीसम्बन्धी कसुरको षड्यन्त्र र आपराधिक लाभ शीर्षकमा मुद्दा दर्ता गरेको रौतहट प्रहरीले जनाएको छ ।


Advertisment
Nabil box
Kumari

युवती पुस २८ गते इलाका प्रहरी कार्यालय, चन्द्रनिगाहपुरमा पुगेकी थिइन् । इलाकाले मुद्दा गम्भीर भएको भन्दै जिल्ला प्रहरीमा पीडितलाई पठायो । ‘म ओखलढुंगाबाट काठमाडौं जाँदै गर्दा खुर्कोटमा गाडी बिग्रियो । बाटोमा बसिरहेका बेला ५ जना व्यक्तिहरूले अपहरण गरेर रौतहटको चन्द्रनिगाहपुरमा ल्याए । अनि दुईतले पक्की घरमा लगेर रातभरि बलात्कार गरे,’ उनले प्रहरीलाई बताएकी थिइन् ।

Vianet communication
Laxmi Bank

घटनाको जानकारी पाएपछि प्रहरीले युवतीकी भाउजू नाता पर्ने चिनीमाया र साथी कल्पनालाई सम्पर्क गरेर जाहेरी लिई पीडितको कागज गराएर घटनास्थल यकिन गर्न एक टोली पठाएको थियो । तर बलात्कार स्थल यकिन हुन नसकेपछि युवतीले आरोप लगाएका व्यक्तिहरूको फोटो फेसबुकबाट खोजेर प्रहरीले अनुसन्धान अघि बढाएको थियो ।

‘बलात्कार गर्ने भनिएकाहरूको मोबाइल लोकेसन हेर्दा घटना भएको भनिएको दिन सिन्धुली, खुर्कोट र चन्द्रनिगाहपुर गएको देखिएन,’ जिल्ला प्रहरीका डीएसपी भरत श्रेष्ठले भने, ‘बन्धक बनाएको ठाउँ देखाउन भन्यौं तर उनले सकिनन् । त्यसपछि उनीमाथि शंका लागेर सोधपुछ गर्दा बलात्कार नै नभएको र झूटो आरोप लगाएको ठहरियो ।’ प्रहरीले केरकार गरेपछि ६ लाख रकम पाउने लोभमा अरूलाई फसाउन खोजिएको खुलेको थियो ।

रौतहटको गरुडा नगरपालिका–२ घर भई काठमाडौं बानेश्वरमा मेनपावर कम्पनी सञ्चालन गरी बसेका गजेन्द्र साह कानुले झूटो बलात्कारको योजना बनाई गरुडाकै रामनिवास साहलाई फसाउन यस्तो हर्कत गरेको खुलेको डीएसपी श्रेष्ठले सुनाए । दुवैबीचको लेनदेन मुद्दाको रिसइबी साध्न गजेन्द्रले चिनीमायालाई समेत रकम र जागिर दिने प्रलोभन देखाई योजना बनाएको खुलेको छ । रामविनय र गौरका एक कर्मचारीसहित ५ जनालाई झूटो मुद्दामा फसाउने उनीहरूको योजना थियो ।

योजना मुताबिक पुस २७ गते उनीहरू काठमाडौंबाट बारा–सिमरा आएका थिए । त्यहाँबाट चिनीमाया र कल्पना वीरगन्जतर्फ गए । गजेन्द्रले पीडित भनिएकी युवतीलाई साथमा लिई पुस २८ गते चन्द्रनिगाहपुरमा ल्याएर छाडे । यहींबाट उनीहरूको झूटो बलात्कारको नाटक सुरु भएको डीएसपी श्रेष्ठले सुनाए । घटनाका मुख्य योजनाकार गजेन्द्र हाल फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनायो । कान्तिपुर दैनिकमा शिव पुरीले खबर लेखेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x