महाभारत फिल्ममा कर्ण बन्दैछन् शाहिद कपूर

बलिउड अभिनेता शाहिद कपूरले आफ्नो करीरयमा विभिन्न भूमिका निर्वाह गरेका छन् र दर्शकको मन जित्न सफल भएका छन् । 

शाहिदले अभिनयमा पुनः नयाँ प्रयोग गर्ने मन बनाएका छन् र रंग दे बसन्ती जस्तो उम्दा फिल्मका निर्देशक ओमप्रकाश मेहरासँग सहकार्य गर्ने भएका छन् । 


Advertisement

मेहराले महाभारतका पात्र सूर्यपुत्र कर्णमाथि एउटा फिल्म बनाउन लागेका छन् । महाभारतको कथा कर्णमार्फत बताउने उनको लक्ष्य छ । त्यस खास प्रोजेक्टका लागि उनले शाहिद कपूरसँग कुराकानी गरेका छन् । 

मेहराको यस मेगा बजेट फिल्मको निर्माता पनि फेला परिसकेको बताइएको छ । शाहिदले फिल्म खेल्न स्वीकृति दिएको र सन् २०२१ सम्ममा शूटिङ शुरू भइसक्ने बताइएको छ । 


Advertisement

शाहिद अचेल फिल्म जर्सीको शूटिङमा व्यस्त छन् । क्रिकेरको जीवनमा बनाइएको फिल्ममा शाहिदले मेहनत गरिरहेका छन् । 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्