अफगानिस्तानमा २ महिला न्यायाधीशको गोली हानी हत्या

अफगानिस्तानको राजधानी काबुलमा परिचय नखुलेका आक्रमणकारीहरूले दुईजना महिला न्यायाधीशलाई गोली हानेर हत्या गरेका छन् । 

ती दुवै न्यायाधीश घरबाट सर्वोच्च अदालत जाँदै गर्दा आक्रमणकारीहरूले धराप थापेर गोली हानी हत्या गरेको अदालतका एक प्रवक्ताले बताए । आक्रमणमा परी गाडी चलाउने व्यक्ति घाइते भएका छन् । 


Advertisement

घटनाको जिम्मेवारी कसैले लिइसकेको छैन । 

यस्तै किसिमका आक्रमणहरू हालैका दिनमा बढेका छन् । गत साता तीनजना महिला सैनिकलाई काममा जाँदै गर्दा मजार–ए–शरीफमा गोली हानी हत्या गरिएको थियो । 


Advertisement

कतारको राजधानी दोहामा अफगान सरकार र तालिबान विद्रोहीहरूबीच शान्तिवार्ता चलिरहेको बेलामा आक्रमण बढ्दै गएका हुन् । 
 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्