×

NMB BANK
NIC ASIA

ठगीका अनेक रूप

अनलाइन 'जब'को फण्डा : उल्टै पैसा बुझाएर पाएको जागिर तलब आउनेबेला चट !

माघ ४, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

विराटनगरका हरिनारायण (नाम परिर्वतन) कक्षा १२ को परीक्षा सकिएपछि रोजगारीको खोजीमा थिए ।

Sagarmatha Cement
Muktinath Bank

विगत २ वर्षदेखि साथीहरूसँग मिलेर बानेश्वर क्षेत्रमा बस्दै आएका उनी अब घरबाट पैसा माग्नुभन्दा जागिर खान्छु भन्ने मनस्थितिमा पुगेका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यही क्रममा उनले सामाजिक सञ्जाल फेसबूकमा ‘जब भ्याकेन्सी’ नामको पेजमा विभिन्न विज्ञापनहरू देखे । त्यहाँ सम्पर्क नम्बर पनि राखिएको थियो । 


Advertisment
Nabil box
Kumari

विज्ञापनमा १० हजारदेखि ४० हजारसम्म मासिक पैसा पाउने भनिएकाले उनले विज्ञापनमा राखिएको नम्बरमा सम्पर्क गरे । 

Vianet communication
Laxmi Bank

म्यानेजमेन्ट पढेका हरिनारायणलाई आफूले पढेकै डाटा म्यानेजमेन्टको विज्ञापन सिफारिश गरियो र उनले त्यसैमा काम गर्ने इच्छा व्यक्त गरे ।

शुरूमा जागिरका लागि १५ सय रुपैयाँको फारम भर्नुपर्छ भनिएपछि उनले अनलाइन पेमेन्ट माध्यम इ–सेवामार्फत पैसा पठाइदिए । 

उनलाई ती व्यक्तिले विभिन्न डाटाहरू दिए । उनले घरमै बसेर एक महिना काम गरे ।  तर तलब आउनुपर्ने समयमा त्यो पेजले उनलाई ब्लक गरिदियो । 

उनीसँग सम्पर्क हुने व्यक्तिले पनि उनको मोबाइल नम्बर ब्लक गरिदियो, पछि त्यो मोबाइल नम्बर नै ‘स्वीच अफ’ भयो । 

****

काभ्रेकी सविना (नाम परिर्वतन) विगत ५ वर्षदेखि काठमाडौं बस्दै आएकी छिन् ।

व्यवस्थापन संकायमा स्नातक सकेर विवाह गरेपछि बेरोजगार थिइन्, सविना । पहिलो सन्तान जन्माएपछि उनले अगाडि गर्दै आएको जागिर छाड्नु परेको थियो । 

श्रीमानलाई केही सहयोग गर्न सकिन्छ भन्ने हिसाबले जागिरको खोजीमा थिइन्, उनी ।

उनले पनि फेसबूकमा उही ‘जब भ्याकेन्सी’ नामको पेजमा ‘डाटा म्यानेजमेन्ट’को जागिर खुलेको र त्यो पनि घरमै बसेर गर्न सकिने कुरा लेखेको देखिन् । बच्चा हेर्दै काम गर्ने योजनामा उनले त्यहाँ रहेको नम्बरमा सम्पर्क गरिन् । 

उनलाई ईसेवा आईडीमा ३ हजार ५ सय रुपैयाँ फारम शुल्क बापतको रकम बुझाउनुपर्ने भनियो, उनले बुझाइन् । काम पनि पाइन् ।

एक महिनासम्म अनलाइनमार्फत नै डाटा म्यानेजमेन्टको काम गरिन् । तर तलब आउने समयमा उनलाई पनि उक्त व्यक्तिले पेज र सम्पर्क नम्बर दुवैबाट ब्लक गरिदियो । मोबाइल पनि ‘स्वीच अफ’ भयो ।

त्यसपछि बल्ल ठगिएको थाहा पाएकी उनले प्रहरीमा उजुरी दिइन् ।

प्रहरीले ‘जब भ्याकेन्सी’ नामको फेसबूक पेजका प्रयोगकर्ता दोलखा जिरी नगरपालिका– ८ घर भई भक्तपुर काँडाघारी बस्ने २३ वर्षीय शिव खड्कालाई पुस २९ गते पक्राउ गर्‍यो ।

४० हजारसम्मको रोजगारी दिने बहानामा खड्काले फेसबूकमा रोजगारको विज्ञापन राख्ने र फारम भर्ने बहानामा १५ सयदेखि ३५ सय रुपैयाँ लिने गरेको अनुसन्धानमा खुलेको महानगरीय अपराध महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) ईश्वर कार्कीले बताए । 

‘फेसबूकमा पेज बनाएर रोजगारी दिने बहानामा ४३ जना युवायुवतीलाई ठगी गरेको पाइएको छ,’ एसपी कार्कीले लोकान्तरसँग भने, ‘उनले एकजना व्यक्तिबाट ३५ सयसम्म लिएको पाइएको छ ।’

एसपी कार्कीका अनुसार पछिल्लो समय सामाजिक सञ्जाल फेसबूकमार्फत हुने ठगीका घटना बढिरहेका छन् । 

‘अहिले फेसबूकबाट सामानहरू बिक्री गर्ने, कपडाहरू बिक्री गर्ने, लक्की ड्र पर्‍यो भन्दै रकम माग्ने खालका अपराधहरू बढेका छन्,’ एसपी कार्कीले लोकान्तरसँग भने, ‘यस्ता खालका सामाजिक सञ्जालमा हुने ठगीबाट बच्नका लागि महाशाखाले अनुरोध समेत गर्दै आएको छ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २३, २०८०

नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबूक)को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई बिहीव्ँरु पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा, लहान नगरपालिका स्थायी घर भइ हाल काठमाडौं बस्ने ३६ व...

साउन ६, २०७८

मकवानपुरको मनहरि गाउँपालिका–८ हेटौंडा–नारायगढ सडकखण्डको सिमपानीमा रोकिराखेको एक ट्रकमा अवैधरूपमा ल्याइएको लागूपदार्थ गाँजा फेला परेपछि  ट्रकसहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ...

कात्तिक २५, २०८०

मोरङमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका १ लखनतरी टावर चोकका १८ वर्षीय किशोर रहेका छन् ।  उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्र...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x