×

NMB BANK
NIC ASIA

गर्जिनुपर्ने भयो, साकाहारी आन्दोलनले पुग्नेवाला छैन– प्रचण्ड

माघ ४, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

पूर्वप्रधानमन्त्री एवं नेकपा (प्रचण्ड–नेपाल) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभा विघटनविरुद्ध साकाहारी आन्दोलनले नपुग्ने भन्दै आक्रामक आन्दोलनमा लाग्न युवा तथा विद्यार्थीहरूलाई निर्देशन दिएका छन् ।

Muktinath Bank

साकाहारी आन्दोलनले प्रतिनिधि सभा विघटनको निर्णय नसच्चिने प्रचण्डको दाबी थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आफूपक्षीय विद्यार्थी संगठन अखिलका कार्यकर्तालाई आइतवार काठमाडौंमा सम्बोधन गर्दै प्रचण्डले उनकै शब्दमा प्रतिगमनकारी कदमविरुद्ध आन्दोलनको जनमत बनेकाले सशक्त आन्दोलन गर्नुपर्ने बताएका हुन् । 


Advertisment
Nabil box
Kumari

‘प्रतिनिधि सभा विघटन गर्ने निर्णयविरुद्ध तपाईं-हामी परिवर्तन पक्षधर, प्रगतिशीलहरू गर्जिनुपर्ने बेला आयो । साकाहारी आन्दोलनले पुग्ने देखिँदैन । सामान्य औपचारिकताले पुग्दैन । त्यसलाई उनले गन्नेवाला छैनन्,’ प्रचण्डले भने, ‘साकाहारी आन्दोलन त हामीले कति गर्‍यौं कति, पार्टीको बैठक बोलाऊ भनेर तीनजना पूर्वप्रधानमन्त्री, पूर्वउपप्रधामनन्त्रीहरू गएर लौ न बैठक राख्दिनुस् भन्न जाँदा मन्त्रीले सचिवलाई तोक लगाएजस्तो महासचिवलाई बैठकको प्रक्रिया अगाडि बढाउन भन्ने केपीले साकाहारी आन्दोलन सुन्छन् जस्तो लाग्दैन ।’

Vianet communication
Laxmi Bank

प्रचण्डले सिंगो राष्ट्र केपी ओलीको प्रतिगमनकारी कदमविरुद्ध रहेको दाबी गरे । ‘प्रायः सबै पूर्वप्रधानन्यायाधीहरू, प्रायः सबै पूर्वमहान्यायाधीवक्ता, बुद्धिजीवी, पेशाकर्मी सबै प्रतिगमनका विरुद्धमा छन् । आन्दोलनका लागि यो भन्दा ठूलो जनमत अर्को हुन सक्दैन,’ प्रचण्डले भने । 

प्रचण्डले टाउको चिलाएको भन्दै लाठी खाने मन भएको समेत टिप्पणी गरे । ‘प्रतिक्रान्तिकारीहरूको मुटु हल्लिने आन्दोलन चाहियो, नौ गते अलिकति म्यासिभ्ली जाने सोचेका छौ । अग्रपंक्तिमा हामी हुन्छौं र हिजो गिरिजाप्रसाद कोइराला, माधवजी र झलनाथजीले जस्तै लाठी खान मन छ । मलाई किन–किन टाउको चिलाएको छ,’ प्रचण्डले भने ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x