नागरिक एप युगान्तकारी रुपान्तरण – प्रधानमन्त्री ओली

फाइल फोटो

प्रधानमन्त्री केपी शर्मा ओलीले 'नागरिक एप'मार्फत विदाका दिनमा पनि ३ सय २५ जनाले प्यान नम्बर प्राप्त गरेको भन्दै यसलाई युगान्तकारी रुपान्तरण भएको बताएका छन् ।

आइतवार साँझ एक ट्वीट गर्दै ओलीले कार्यालय अवधि र कर्मचारीको उपस्थितिबिना नै सेवामा सेवाग्राहीको सिधा पहुँच स्थापित भएको उल्लेख गरेका हुन् ।


Advertisement

'नागरिक एप मार्फत शनिबार सार्वजनिक बिदाको दिनमा पनि बिना कर्मचारी ३२५ जनाले प्यान नम्बर प्राप्त गर्नु भएको छ । कार्यालय अवधि र कर्मचारीको उपस्थिति बिना नै सेवामा सेवाग्राहीको सिधा पहुँच स्थापित हुनु हाम्रो सन्दर्भमा युगान्तकारी रूपान्तरण हो,' उनले ट्वीटरमा लेखेका छन् ।

उनले थपेका छन् – 'नागरिक एपमार्फत सेवामा आम जनताको सिधा पहुँच थप विस्तार गर्दै लगिनेछ । सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरुलाई नागरिक एपमार्फत घरमै बसीबसी सेवा लिने प्रक्रियामा आवद्ध हुन आव्हान गर्दछु ।'


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्