×

NMB BANK
NIC ASIA

विकासमा विलम्ब

ठेकेदारको बहानाबाजीले पक्की पुल ७ वर्षदेखि अलपत्र, पैसा तिरेर काठेपुल तर्दै स्थानीय !

माघ ५, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

धनगढी उपमहानगरपालिका– ३ चटकपुर र कञ्चनपुरको राजघाट हुँदै बग्छ, मोहना नदी । नदीमाथि एउटा पक्की पुल निर्माणाधीन अवस्थामा छ ।

Muktinath Bank

अहिले हैन त्यो पुल ७ वर्ष अघिदेखि निर्माण भइरहेको हो तर अझै पूर्णता पाउन भने सकेको छैन । नदीमा पुल नहुँदा आवत–जावत गर्न स्थानीयलाई निकै सास्ती हुन्छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘नदी तरेको पैसा तिर्नुपर्छ’


Advertisment
Nabil box
Kumari

निर्माणाधीन पुलको नजिकै नदीमाथि काठे पुल छ । त्यहाँको सामुदायिक वनले काठेपुलबाट नदी तरेबापत सर्वसाधारणबाट रकम लिन्छ । ओहोर–दोहोर गरेबापत प्रतिमोटरसाइकल २०, साइकल र प्रतिव्यक्ति १० तथा अटो रिक्साको ५० रुपैयाँ शुल्क तिर्नुपर्ने बाध्यता छ । 

Vianet communication
Laxmi Bank

धनगढी उपमहानगरपालिका– ३ चटकपुर र कञ्चनपुरको कृष्णपुर नगरपालिका–९ राजघाट बस्तीका नागरिकले मोहना नदी वारपार गर्दा वर्षौंदेखि शुल्क तिर्दै आएका छन् । 

दुई जिल्लाको सीमा भएर बग्ने नदीमा बनाएको काठको अस्थायी पुल तरेबापत स्थानीयवासीले वर्षौंदेखि पैसा तिर्दै आएको कञ्चनपुरका स्थानीय हर्क चौधरीले बताए । 

कञ्चनपुरका स्थानीय वासिन्दा यो नदी हुँदै दूध, तरकारी बेच्न र उपभोग्य सामान किन्न, बैंकिङ कारोबार, रोजगारी तथा औषधि उपचार लगायत कामका लागि दैनिक तीन/चार सयको हाराहारीमा धनगढी बजार पुग्ने गरेका छन् ।

‘यो नदी दिनमा चारपटक वारपार गर्नुपर्छ,’ धनगढीमा दूध बचेर घर फर्किंदै गरेकी पुनर्वासकी मीना महराले भनिन्, ‘बिहान र साँझ दुईपटक धनगढी दूध पुर्‍याउन जानुपर्छ, के गर्नु एकपटक नदी तरेको १० रुपैयाँका दरले दैनिक ४० रुपैयाँ तिर्नुपरिरहेको छ ।’

‘२८ वर्ष भयो यो नदी तर्न थालेको, धेरै समस्या भोग्यौं,’ उनले थपिन्, ‘कतिलाई बगायो नदीले, कतिले ज्यान गुमाए, कति अझै बेपत्ता छन् । अहिले त काठे पुल भएर केही सजिलो भएको छ । पहिले त कि डुंगा नभए नदीमा पौडी खेल्दै जानुपर्थ्यो ।’

अब त पक्की पुल बन्ला भन्ने आश पनि मरिसकेको उनले बताइन् ।

‘पक्की पुल बन्न थालेको पनि ७ वर्ष बित्यो, अझै बनिसकेको छैन,’ उनले भनिन्, ‘अब त यो पुल बन्ला भन्ने आशा पनि छैन ।’

उनीसँगै धनगढी बजारमा तरकारी बेचेर घर फर्किरहेकी शोभा रानाको पीडा पनि उस्तै छ । उनले पनि दैनिक ४० देखि ६० रुपैयाँ काठेपुल तरेबापत बुझाउँदै आएकी छन् ।

‘गुजारा चलाउन तरकारी बेच्नै पर्छ । वर्षाैं भयो यो नदी तर्न लागेको पुल अझै बनेको छैन । छिटो पुल बनेको भए त निकै सहज हुन्थ्यो । तरकारी बेचेकोमध्ये दैनिक ४० देखि ६० रुपैयाँसम्म त काठेपुलमा तिर्नुपर्छ ।’

निर्माणाधीन पुलनजिकै रहेको काठे पुलमा मानिस र मोटरसाइकल मात्र लैजान सकिन्छ । त्यसको आधा किलोमिटर माथि अर्को काठे पुल बनाइएको छ, जहाँ पुलमा ओहोरदोहोर गरेबापत प्रतिमोटरसाइकल २०, साइकल १०, प्रतिव्यक्ति १० र अटो रिक्साको ५० रुपैयाँ शुल्क कायम गरिएको छ । ‘नदीमा पुल नभएको भए स्थानीयवासीलाई ओहोर–दोहोर गर्नै मुस्किल हुन्थ्यो,’ पुलका चौकीदार प्रदीप  चौधरीले भने, ‘काठे पुलले सजिलो भएको छ ।’

‘वर्षैपिच्छे नयाँ अस्थायी पुल निर्माण गर्नुपर्छ,’ उनले थपे, ‘हरेक वर्ष नयाँ अस्थायी पुल बनाउछौं र वर्षातमा फेरि नदीले बगाएर लैजान्छ ।’

७ वर्षसम्म अल्झियो पुल

तीन वर्षमा काम सक्ने गरी सडक डिभिजन कार्यालय कञ्चनपुरले एलाइड एड्भेञ्चर जेभीसँग २०७१ सालमा ८ करोड रुपैयाँमा पुल निर्माणको ठेक्का सम्झौता गरेको थियो ।

सम्झौताअनुसार तीन वर्षअघि नै निर्माण भइसक्नुपर्ने पुल ठेकेदारको लापरवाहीका कारण अलपत्र पर्‍यो ।

सम्झौता अवधिमा पुलको पिलर निर्माणको काम मात्रै सकिएपछि सडक डिभिजन कार्यालयले निर्माण अवधि दुई वर्ष थपिदियो । दुईपटक गरी थपिएको २ वर्षको म्यादमा पुल निर्माण नभएपछि तेस्रोपटक पनि एक वर्षको म्याद थप भयो । उक्त म्याद यही पुस मसान्तमा सकियो तर पुल निर्माण कार्य अझै सम्पन्न भएको छैन ।

निर्माण कम्पनीका सञ्चालक चन्द्रशेखर मल्ल भने पुल निर्माण अन्तिम चरणमा रहेको दाबी गर्छन् । ‘काम अन्तिम चरणमा पुगेको छ,’ उनले भने यही आर्थिक वर्षभित्र काम सम्पन्न हुन्छ।’

पुल निर्माणमा आफ्ना कारण मात्र ढिलाइ नभएको उनको जिकिर छ ।

‘पुल निर्माणमा ढिलाइ भएकै हो, म माफी माग्छु,’ उनले भने, ‘तर मेरो लापरवाही मात्र हैन । पहिलो दुई वर्ष ‘रिभ्यू डिजाइन’मै लाग्यो । थप एक वर्ष भारतले लगाएको नाकाबन्दीले असर पार्‍यो । अब २०७७ भित्रै पुल निर्माण सम्पन्न हुन्छ ।’

चौथो पटक म्याद थप्ने तयारी, ७० प्रतिशत भुक्तानी 

पछिल्लो पटक थप गरिएको म्याद पुस मसान्तमा सकिएको सडक डिभिजन कार्यालय कञ्चनपुरले जनाएको छ । ‘ठेकेदारको लापरवाहीले तेस्रोपटक म्याद थप गर्दा पनि काम सम्पन्न हुन सकेन,’ सडक डिभिजन कार्यालयका सूचना अधिकारी लक्ष्मणदत्त जोशीले भने, ‘कूल १२० मिटर लामो पुल निर्माण हुन लागेको हो । अब निर्माण अन्तिम चरणमा छ । फूटपाथको काम मात्रै बाँकी छ । एक महिनाभित्रै सम्पन्न हुन्छ ।’

‘कोरोनाका कारण काम प्रभावित भएको भन्दै निर्माण कम्पनीका सञ्चालकले फेरि म्याद थप्न निवेदन दिएका छन्,’ उनले भने, ‘६ महिनासम्म म्याद थप हुन सक्छ ।’

पटक–पटक गरी सञ्चालक मल्लले ७० प्रतिशतभन्दा बढी भुक्तानी लगिसकेको सडक डिभिजन कार्यालय कञ्चनपुरले जनाएको छ ।

पुल नहुँदा नदी तर्नका लागि यात्रुले सास्ती खेप्दै आएका छन ्। बर्खा याममा नदीमा डुङ्गा र हिउँदमा काठे पुलबाट स्थानीय बासिन्दाले नदी तर्नुपर्ने बाध्यता छ।

दुई जिल्लाको सीमामा बग्ने मोहना नदीमाथि पुल नहुँदा त्यहाँका स्थानीय बासिन्दा दूध र तरकारी बेच्न, उपभोग्य सामान किन्न, बैंकिङ कारोवार, रोजगारी तथा औषधि उपचार लगायत कामका लागि दैनिक पैसा तिरेर यात्रा गरिरहेका छन् ।

अझ बर्खाको समयमा त काठेपुल पनि नहुँदा डुंगाबाट नदी तर्नुपर्ने बाध्यता छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

माघ २०, २०८०

नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x