पोखराबाट ‘डिसेम्बर फल्स’को छायांकन सुरु

लभ स्टोरी जनरामा निर्माण हुन लागेको चलचित्र ‘डिसेम्बर फल्स’को छायांकन सुरु गरिएको छ । पोखरामा पहिलो दृश्य कैद गर्दैै उक्त चलचित्र फ्लोरमा गएको छ । सोमवार पोखरास्थित विन्ध्यवासिनी ​मन्दिरमा शुभमुहर्त गरिएको हो ।

एक महिनाअघि काठमाडौंमा विशेष पत्रकार सम्मेलन गर्दै चलचित्रको घोषणा गरिएको थियो ।


Advertisement

प्रबिण झाको निर्देशनमा रामप्रसाद रिजालको प्रस्तुती, लक्ष्मण रिजाल कार्यकारी निर्माता र रामकुमार भट्ट निर्माता रहेको यो चलचित्रमा चकलेटी अभिनेता आर्यन सिग्देल, उपासना सिंह ठकुरी, सुमन थापा, सलोन बस्नेत, दयाराम दाहाल, नरेश भट्टराइ लगायतका कलाकारको मुख्य भूमिका रहनेछ । यो चलचित्रले उमेर अन्तरको लभ स्टोरीलाई देखाउनेछ ।

छायांकन जानुअघि यो चलचित्रको अष्ट्रेलियाको राइट्स बिक्री भइसकेको छ । एजुकेसन एन्ड माइग्रेसन कर्नरले अष्ट्रेलिया राइट्स किनेको हो । तर, के कति रकममा उक्त राइट्स लिएको हो त्यो भने खुलाइएको छैन ।
निर्माता रामप्रसाद रिजालका अनुसार यो चलचित्रको डिजिटल राइट्स पनि विक्री भएको छ ।  उनका अनुसार यो चलचित्र आउँदो बर्षको साउन १ गतेबाट नेपाल र अष्ट्रेलियामा एकसाथ प्रदर्शन हुनेछ ।
बीपीका खनालले लेखेको कथामा केदार भुसालको पटकथा र संवाद रहेको चलचित्रमा  महेश आर गुप्ताको छायांकन रहनेछ । रिजाल एण्ड रिजाल प्रोडक्सनको ब्यानरमा निर्माण हुने चलचित्रको अधिकांश दृश्यको छायांकन पोखरामा हुनेछ ।


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्