कलाकार ह्यारी योञ्जन र केकी अधिकारीको ‘आँखा भरी’को म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।
‘आँखा भरी’ बोलको गीतमा आशा लिम्बू सुहाङको स्वर रहेको छ भने चन्द्रकला नेवालको शब्द, शुशिल विश्वकर्माको संगीत रहेको छ ।
आफुले माया गरेको मान्छेबाटै धोका पाएको भावलाई मुख्य विषय बनाइएको यो गीतमा योञ्जन र अधिकारीसंगै रिया लामाको अभिनय देख्न सकिन्छ । काठमाडौंस्थित बालाजु धर्मस्थली बाईपास लगायतका क्षेत्रमा छायांकन गरिएको गीतको भिडियोलाई दिनेश माङ्मुले निर्देशन गरेका हुन् । गीतलाई ओरिजीन नेपालको अफिसियल युट्युव मार्फत सार्वजनिक गरिएको हो ।
लोकान्तर संवाददाता