कात्तिक २०, २०८०
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
माघ ५, २०७७
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले २०५१ सालमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले प्रतिनिधि सभा विघटन गर्दा तत्कालीन अवस्थाको बारेमा सर्वोच्चबाट व्याख्या भएकाले अहिले अर्को सरकार बन्न सक्ने कि नसक्ने भन्ने अवस्थाको व्याख्या गर्न किन नहुने भनेर प्रश्न गरेका छन् ।
प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटमाथि संवैधानिक इजलासमा जारी सुनुवाइका क्रममा प्रधानन्यायाधीश राणाले मंगलवार बहस गरिरहेका अधिवक्ता दीनमणि पोखरेललाई २०५१ सालमा जस्तो अहिले व्याख्या गर्न किन नमिल्ने भनेर प्रश्न गरेका हुन् ।
प्रधानन्यायाधीश राणाले अर्को सरकार बन्ने अवस्था नभएको भनेर हिजोको बहसमा पनि प्रश्न गरेका थिए ।
सो प्रश्नको जवाफमा अधिवक्ता पोखरेलले संविधानले अवस्थाको विषयमा सोच्ने र विश्लेषण गर्ने अधिकार प्रधानमन्त्री र अदालत कसैलाई नदिएको जिकिर गरे ।
‘गिरिजाप्रसाद कोइरालाले २०४७ सालको संविधानको धारा ५३ को उपधारा ४ अनुसार प्रतिनिधि सभा विघटन गर्दा त्यतिबेलाको अवस्थाको बारेमा व्याख्या गरेको थियो । अहिलेको अवस्थामा सबै धाराको व्याख्या गर्न किन नपाउने ?’ राणाले प्रतिप्रश्न गरे ।
जवाफमा अधिवक्ता पोखरेलले त्यतिबेला र अहिलेको अवस्था फरक रहेको बताए । ‘त्यो बेला सरकारको नीति तथा कार्यक्रम पारित नभए पनि कोइराला आफ्नो संसदीय दलमा फेस गर्न आएका थिए । संसदीय दलले नेता तपाईं नै हो भन्यो । संसद्ले काम गरेन, दलले निकास नदिएपछि प्रतिनिधि सभा विघटनमा जानुपरेको थियो । अहिलेका प्रधानमन्त्रीले बाहिर बहुमतमा छु भन्ने दाबी गरेपनि संसदीय दल फेस गरेका छैनन्,’ पोखरेलले भने ।
सोमवारको सुनुवाइमा चियाब्रेकसम्म पोखरेलले मात्र बहस गरेका छन् । पोखरेलले डेढ घण्टा बहस गरे । सर्वोच्चमा भइरहेको बहस लम्बिएको छ ।
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...