किसानको २० करोड भुक्तानी

सर्लाहीको हरिवन नगरपालिका– ११ स्थित इन्दुशङ्कर चिनी उद्योगले चालू यामको भुक्तानी शुरु गरेको छ । मुलुकका कतिपय चिनी उद्योगले वर्षौंँदेखिको भुक्तानी नगरिरहेका अवस्थामा सो उद्योगले उखु किसानबाट चालु याममै खरीद गरिएको उखुको भुक्तानी शुरु गरेको हो ।

उद्योगले गत वर्ष उखुको मूल्यलाई नै आधार मानेर उखु उत्पादक किसानलाई यस वर्षको उखु खरीद गरेवापतको रकम भुक्तानी शुरु गरेको उद्योगका उखु प्रबन्धक योगनारायण रजकले जानकारी दिए ।
उनका अनुसार गत पुस १५ गतेसम्मको उखु खरीदवापतको करीब रु २० करोड बैंक खातामार्फत भुक्तानी भइसकेको र पुस २९ सम्मको भुक्तानी माघ ७ गतेदेखि गर्ने तयारी गरिएको छ ।


Advertisement


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्