×

NMB BANK
NIC ASIA

फेरि अबोध बालिका बलात्कृत

माघ ६, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

गत बिहीबारको साँझ त्यस्तो घटना नभएको भए सायदै उनी काठमाडौंको टिचिङ अस्पतालमा हुन्थे । मिस्त्रीको काम गर्ने उनी अघिल्ला दिन झैं घर बनाउन कुदिसकेका हुन्थे तर कल्पनै नगरेको कहालीलाग्दो घटना भयो । उनी अर्थात्, बलात्कारको सिकार भएकी पाँच वर्षीया बालिकाका बाबु ।

Sagarmatha Cement
Muktinath Bank

त्यो साँझ उनी लखतरान परेर कामबाट घर फर्केका मात्रै थिए । आँगनमा भेटिएकी आमाले आफूलाई चुरोट किनिदिने भनेर गएकी नातिनी घर नफर्केको सुनाइन् । सुरुमा त उनले छोरी मामाघरतिर पो गई कि भनेर फोन घुमाए । टोलका अरू आफन्तकहाँ पो गैछ कि भनेर पनि सोधीखोजी गरे । त्यही बेला छिमेकमै बस्ने साढुका ९ वर्षीय छोराले बैनीलाई चुरोट किनेर फर्किंदै गर्दा ओम विकले काखीमा च्यापेर खोलातिर लगेको देखेको सुनाए । उनी साढुका छोरालाई लिएर ओमलाई भेट्न कुदे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ओम सोही टोलवासी हिरालाल मल्लिकको गोठमा करिब तीन वर्षयता काम गर्न बसेका कामदार थिए । एक वर्षअघि श्रीमतीले छाडेपछि ओम करिब ८ वर्षका छोरा हुर्काएर बसिरहेका थिए । उनी गोठमा पुग्दा ओम घुर तापेर बसिरहेका थिए ।


Advertisment
Nabil box
Kumari

उनले साढुका छोराले भनेको कुरा सुनाउँदै सोधे, ‘तैँले मेरो छोरी च्यापेर खोलातिर जाँदै थिइस् रे ? खै मेरी छोरी ?’ ओमले गोठको कामबाट कतै गएको झूट बताए । गोठधनी हिरालालले पनि कामदारकै कुरामा सही थापे ।
त्यसपछि उनी घरदेखि करिब ३ सय मिटर दक्षिण हुँदै बग्ने उम्ची खोलाको किनारतिर दगुरे साथै रहेका साढु दाइको छोराले बैनीलाई बोकेर ओम गएको दिशातिर देखाए । नर्कटको झाडीमा मोबाइलको बत्ती बाल्दै दगुरेको त्यो समय सम्झिँदै उनले सुनाए, ‘छोरी भनेर कराउँदै हिँडेँ ।’ केहीबेर कराउँदै हिँडेपछि उनले सानो खोल्सोछेउ, दुवै घुँडा टेकेर टाउको लत्रिरहेकी बालिका देखे । उनले सुनाए, ‘कपाल पूरै जगल्ट्याएर लुछेजस्तो थियो ।’ उनले हत्त न पत्त छोरीलाई उठाएर काखमा राखे । ‘छोरीको गाला एकापट्टि पूरै चिथोरिएको थियो भने अर्कोपट्टि हिंस्रक जंगली जनावरले टोकेजस्ता देखिन्थ्यो । बायाँ आँखामा लौरीले घोचेजस्तो घाउ थियो,’ उनले सुनाए, ‘कम्मरमुनि कपडा थिएन । अचेतजस्तै देखिए पनि छोरीले बाबा भनेर बोल्न खोज्थी ।’

Vianet communication
Laxmi Bank

छोरीलाई बोकेर घर ल्याएपछि उनले छिमेकी र आफन्ती गुहारे । एकैछिनमा प्रहरी आइपुग्यो । उनले एम्बुलेन्समा छोरीलाई लिएर भैरहवा मेडिकल कलेज पुर्‍याए । त्यहाँ उपचार हुन नसक्ने भनेपछि उनले राति नै लुम्बिनी अस्पताल पुर्‍याए । त्यहाँबाट पनि रिफर गरिदिएपछि राति ११ बजे उनी एम्बुलेन्समा काठमाडौं कुदे । श्रीमती, एक वर्षकी कान्छी छोरी र आफन्तीसँग उनी शनिबार बिहान ८ बजेतिर वीर अस्पताल आइपुगे । घटनाबारे सुन्नेबित्तिकै वीरका कर्मचारीले उनलाई थापाथलीको परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल पठाइदिए । प्रसूतिले भने बालिकाको स्वास्थ्य अवस्था कमजोर रहेको र तुरुन्तै सघन उपचारको खाँचो रहेको भन्दै कर्मचारीको साथ लगाएर टिचिङ अस्पताल पठाइदियो ।
 

छरछिमेकी र आफन्तीसँग ८० हजार जम्मा पारेर छोरीको उपचारमा काठमाडौं कुदेका बाबुले ११ हजार एम्बुलेन्स भाडा, औषधि उपचार, अप्रेसन खर्च गरेर सबै पैसा सकिनै लागेको बताए । बलात्कृत बालिकाको घर रहेको वडा कार्यालयले दैनिक ज्यालामजदुरी गरी जीवनयापन गरिरहेका पीडित परिवारको आर्थिक अवस्था कमजोर रहेको भन्दै तिलोत्तमा नगरपालिकालाई आर्थिक सहयोगका निम्ति पत्राचार गरेको छ ।

अस्पताल प्रशासनले कोरोना संक्रमणका कारण जोखिम बढ्न सक्ने भन्दै धेरै कुरुवालाई अस्पतालभित्र बस्न नदिने भएकाले उनी र आफन्ती अस्पतालबाहिरकै चौरमा टहलिएर रात कटाइरहेका छन् । उनले उपचार जारी रहे पनि छोरीले बायाँ आँखाले नदेख्ने भएको र परेलाको भागमा गहिरो चोट लागेको बताए ।

संवाददाता सोमबार बालिकाको घरमा पुग्दा परिवार र आफन्तहरूमा अनौठो सन्नाटा थियो । उनका हजुरबा र हजुरआमा नातिनी कहिले निको भएर घर फर्केलिन् भन्ने चिन्तामा देखिन्थे ।

जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रवक्ता डीएसपी सत्यनारायण थापाले घटनाकै साँझ २८ वर्षीय होमबहादुर विक र गोठधनी हिरालाल मल्लाहलाई पक्राउ गरेको बताए । उनले भने, ‘स्थानीयको घरछेउमा लुकेको अवस्थामा विकलाई पक्राउ गरियो ।’ प्रहरी अनुसन्धानले विकले मादक पदार्थ सेवन गरी नाबालिकालाई करणी गरेको प्रारम्भिक निष्कर्ष निकालेको छ । प्रवक्ता थापाले भने, ‘जबरजस्ती करणीमा मुद्दा चलाउने तयारी सुरु भइसकेको छ ।’
नेपाल प्रहरीका अनुसार प्रत्येक दिन औसतमा १० वर्षमुनिका एक जना बालिकाहरू बलात्कारको सिकार बन्ने गरेका छन् । आर्थिक वर्ष २०७७/७८ को साउनदेखि मंसिरबीचको पाँच महिनामा मात्रै १० वर्षमुनिका १ सय ३४ बालिका र एक बालक बलात्कारको सिकार भएका छन् । यही अवधिमा ११ देखि १६ वर्षका ४ सय २८ बालिकाहरू बलात्कारको सिकार बनेको तथ्यांक छ ।

बिहीबार बलात्कारको घटनामा परेकी बालिका रहेको लुम्बिनी प्रदेशमा मात्रै पछिल्लो पाँच महिनामा १० वर्ष उमेरमुनिका ३० बालिका बलात्कृत भएका छन् । यो तथ्यांक यो अवधिमा प्रदेश १ बाहेकका अन्य ५ प्रदेशको तुलनामा बैभन्दा उच्च हो । यही अवधिमा लुम्बिनी प्रदेशमा ११ देखि १६ वर्ष उमेर समूहका ५८ बालिका बलात्कृत भएका छन् । कान्तिपसर दैनिकमा जनकराज सापकोटा र सञ्जु पौडेलले खबर लेखेकी छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x