फराह खानका भाई साजिदलाई सेक्सुअल ह्यारेसमेन्टको आरोप

बलिउड इण्डस्ट्रिजमा लामो समयदेखि अभिनेत्रीहरूले यौन उत्पीडनको आरोप लगाइरहेका छन् । अभिनेत्रीहरूबाट यस्तो खालको आरोप पटक–पटक उठ्ने गरेको छ । पटक–पटक यो उद्योगमा यस्तो खालको व्यवहारबाट पिडित हुनुपरेको रिपोर्टहरू प्रकाशित भइरहेपनि कति अभिनेत्री पिडित छन् भन्ने रहस्य अहिलेसम्म आएको छैन ।

खासमा सामाजिक संजाल एक्टिभ भएसँगै यस्ता खालका घटना धेरै मात्रामा प्रकाशित भएका हुन् ।


Advertisement

हालै अर्को घटना सार्वजनिक भएको छ । चर्चित कोरियोग्राफर तथा चलचित्र निर्देशक पराह खानका भाइ साजिद खानलाई सेक्सुअल ह्यारेसमेन्टको आरोप लागेको छ । केही समयदेखि फिल्म जगतमा सक्रिय उनलाई जिया खानकी बहिनी करिश्माले बेलायती टिभी कार्यक्रम डेथ इन बलिउडमा गम्भीर आरोप लगाएकी हुन् ।

उनले भनेकी छिन् कि साजिद खानले बहिनी जिया खानलाई यौन उत्पीडन गरेको छ ।  यो घटना धेरै पहिलेको हो । जिया  स्क्रिप्ट पढ्दै थिइन् । उही समयमा साजिदले जियालाई टाप र ब्रा खोल्न लगाएका थिए । त्यसबेला उनले के गर्ने नबुझेको करिश्माले बताएकी छिन् । त्यसपछि जिया घर आएर रोएको उनको भनाई छ ।


Advertisement

साजिदलाई यसअघि पनि ह्यारेसमेन्टको आरोप लागेको थियो । २०१८ मा बलिउड अभिनेत्री तनुश्री दत्ताले नाना पाटेकरलाई मिटुको आरोप लगाईन् । त्यसबेला धेरै अभिनेत्रीहरूले विभिन्न आरोप लगाएका थिए । त्यसबेला साजिदको नाम पनि उल्लेख भएको थियो ।

सुरुमा तीन महिलाले साजिद खानलाई दुव्र्यवहार गरेको आरोप लगाएका थिए । यसमा अभिनेत्री सोनाली चोपडा र रचेल व्हाइटले साजिद खानलाई यौन उत्पीडनको आरोप लगाएर सबैलाई चकित पारेका थिए । छोटो समयमै, करिश्मा उपाध्याय नामका एक पत्रकारले साजिद खानलाई यौन दुराचार गरेको आरोप लगाए ।

२०१८ मा लिपिस्टिक अण्डर माय बुर्का फेम अभिनेत्री अहाना कुमराले पनि साजिद खानमा औंला उठाइन् । उनले साजिद खानलाई भेट्न घर गएकी थिइन् । त्यसबेला साजिदको कोठामा लगिएको र त्यो कोठा निकै अँध्यारो रहेको उनको भनाई थियो ।

उनले भनेकी थिइन्, ‘मैले बाहिर भेट्न भनें । साजिदले भने कि आमालाई डिस्टर्ब हुन्छ । त्यसपछि मैले बत्ती बाल्न लगाएँ, बत्ती बल्यो । तर त्यसबेला साजिले उनलाई नछोएको उनको भनाई छ ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्