×

NMB BANK
NIC ASIA

मानवअधिकार ठूलो कि व्यापार ? दुविधामा छ बेलायत

माघ ६, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

युरोपेली संघबाट बाहिरिएपछि बेलायतले आत्मविश्वासी, स्वतन्त्र मुलुक तथा असलको पक्षधरका रूपमा आफूलाई अघि बढाउन चाहेको सरकारले बताएको छ । 

Sagarmatha Cement
Muktinath Bank

उसले आफ्नै शर्तमा व्यापार गर्ने, अवसरको खोजी गर्ने र उच्चतर जीवनस्तर कायम गर्ने स्वतन्त्रता पाएको छ । तर उसले सिद्धान्त र नाफालाई सन्तुलनमा राख्न सक्छ त ? 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मानवअधिकार उल्लंघनलाई बेवास्ता गर्दै व्यापार सम्झौता गर्न ऊ समर्थ छ त ?


Advertisment
Nabil box
Kumari

विशेषगरी चीनसँगको सम्बन्ध चिसिएको अवस्थामा यस्तो प्रश्न उठेको हो । 

Vianet communication
Laxmi Bank

बेलायतका परराष्ट्रमन्त्री डोमिनिक राबले १० लाखभन्दा बढी उइगुरहरूलाई शिविरमा राखिएको र श्रम गर्न बाध्य बनाइएको विषयमा प्रश्न उठाएका छन् । यो यातना र अमानवीय तथा अपमानजनक व्यवहार रहेको उनको भनाइ छ । 

जबर्जस्ती गराइएको श्रमबाट उत्पादित वस्तुको व्यापार गर्ने बेलायती कम्पनीहरूलाई जरिवाना तिर्न लगाइने उनले बताएका छन् । 

बेलायतले नरसंहारको स्तरभन्दा अलि कम मानवअधिकार उल्लंघन गर्ने मुलुकहरूसँग खुला व्यापार सम्झौता नगर्ने राबले बताए । 

विपक्षी लेबर पार्टीका सांसदहरूले इजिप्ट, क्यामरून र टर्कीसँगको व्यापार सम्झौताका विषयमा प्रश्न उठाएका छन् । तीनैवटा देशको मानवअधिकार रेकर्डमा प्रश्न उठाउने ठाउँ रहेको उनीहरू बताउँछन् । 

अनि चीनको प्रश्न छ । बेलायतले बेइजिङसँग सम्झौताका लागि योजना बनाएको छैन र लोकतान्त्रिक मूल्यमान्यता नभएका मुलुकसँग सम्झौता नगर्ने बताएको छ । 

तर दुवै देशले पराप्रशान्तीय साझेदारी सम्झौतामा सहभागी हुने योजना बनाएका छन् । 

सन् २०१९ मा चीन र बेलायतबीच आयात र निर्यात गरी ८० अर्ब पाउन्डको व्यापार भएको थियो । चीन बेलायतको सबभन्दा ठूलो व्यापार साझेदारमध्ये एक हो । 

सी चिनफिङ र डेभिड क्यामरोनले सन् २०१५ मा बकिंघमशायरको एक पबमा रक्सी पिएदेखि बेलायतमा चीनको लगानी ह्वात्तै बढेर गएको छ । चीनले फूटबल क्लबदेखि रेस्टुराँ चेनसम्ममा लगानी गरेको छ । 

अहिले चीनप्रतिको आकर्षण कम भएको भए पनि उसलाई लगानी वा खुला व्यापारबाट निरुत्साहित गर्न सक्ने अवस्थामा बेलायत छैन । कम आयात मूल्य तथा निर्यातकहरूका लागि थप ठूला अवसर व्यापार सम्झौताले दिन्छ र समस्यामा परेको बेलायती अर्थतन्त्रलाई यो आवश्यक छ । 
 

आलोचकहरू चाहिँ मानवअधिकारको स्थिति राम्रो नभएका मुलुकसँगको सम्बन्ध घटाउँदै लानुपर्ने बताउँछन् । 

तर हजारौंजनालाई रोजगारी दिइरहेका र महत्त्वपूर्ण सरसामान उपलब्ध गराइरहेका मुलुकलाई पूरै बेवास्ता गर्न मिल्दैन । 

केही चाहिँ बेलायत आफैंमा समस्या रहेको बताउँछन् । बेलायतले गत वर्ष साउदी अरबलाई हतियार व्यापार पुनः आरम्भ गरेको थियो । यमनमा प्रयोग नगर्ने भन्ने सुनिश्चितता गरेर लाइसेन्स दिएको सरकारले बताएको छ तर मानवअधिकार समुदाय ढुक्क हुन सकेको छैन । 

विश्व मञ्चमा आफ्नो नयाँ पहिचान बनाउन लागेको बेलायतलाई जिम्मेवार नागरिक बन्ने चाहना र नयाँ व्यापारका अवसरसँग सन्तुलन मिलाउने दुविधा छ । 

बीबीसीमा प्रकाशित दर्शिनी डेभिडको विश्लेषण

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x