अस्ट्रेलियाविरुद्ध अन्तिम टेस्टमा भारत ३ विकेटले विजयी

अस्ट्रेलिया र भारतबीचको अन्तिम टेस्ट म्याच तीन विकेटले जितेर भारतले शृंखलामा कब्जा गरेको छ । 

अन्तिम दिन ३२९ रनको लक्ष्य भारतले सात विकेट गुमाएर ९७ ओभरमा पूरा गरेको हो ।
 


Advertisement

विकेटकीपर ब्याट्स्म्यान ऋषभ पन्तले नटआउट ८९ रन बनाएर भारतको जीत सुनिश्चित गरे । यसअघि शुभमन गिलले ९१ र चेतेश्वर पुजाराले ५६ रन बनाएर भारतको जीतको बाटो बनाएका थिए । 

टस जितेर ब्याटिङ गरेको अस्ट्रेलियाले पहिलो इनिङमा ३६९ रन बनाएको थियो । जवाफमा भारत ३३६ रनमा अलआउट भएको थियो । दोस्रो इनिङमा अस्ट्रेलिया २९४ रनमै अलआउट भयो । भारतले ३२९ रन बनाएर लक्ष्य पूरा गर्‍यो । 


Advertisement

पहिलो टेस्टको एक इनिङमा जम्मा ३६ रन बनाएर हार बेहोरेको भारतले बाउन्स ब्याक गरेर शृंखला जित्नु आफैंमा ऐतिहासिक उपलब्धि हो । चार टेस्ट म्याचको शृंखलामा भारत २–१ ले विजयी भएको हो । 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्