एक हप्ता नपुग्दै ‘मास्टर’ सय करोड क्लबमा

चलचित्र प्रदर्शन अघि देखिनै चर्चामा रहेको तमिल चलचित्र ‘मास्टर’ ले चलचित्र प्रदर्शनको ५ दिनमै १ सय करोड माथिको आम्दानी गरेको छ । 

‘मास्टर’ कोरोना महामारीपछि करोड क्लबमा जाने पहिलो चलचित्र समेत बनेको छ । संसारभरका ३८ सय पर्दामा प्रदर्शन भएको यो चलचित्रको पहिलो दिनको शो बुकिङले धेरैलाई आश्चर्यचकित पारेको थियो ।


Advertisement

तमिलनाडूमा ८१ करोड, आन्ध्र प्रदेशबाट २०, कर्नाटक, केरालगायत भारतका अन्य राज्यबाट गरेर १ सय करोड माथिको आम्दानी गरिसकेको छ ।

यो चलचित्र भारतका अरु केहि प्रदेशसँगै विदेशबाट हिसाब आइसकेको छैन । भारतीय सञ्चारमाध्यमहरुले जनाएअनुसार यसको व्यापारमा कुनै कमी नआएकाले कतिसम्म व्यापार गर्छ अनुमान लगाउन गाह्रो परेको छ ।


Advertisement

लोकेश कंगराज निर्देशित यो चलचित्रमा दुई सुपरस्टार विजय र विजय सेतुपतीका कारण दर्शक तान्न सफल भएको हो ।

५० प्रतिशत अकुपेन्सीमा पनि हप्तामै १ सय २५ करोड व्यापार गरेकाले दर्शक यो चलचित्रप्रति निकै आकर्षित भएको अनुमान गरिएको छ ।

तर चलचित्रको हिन्दी रिमेकलाई खासै मन नपराएको भारतिय चलचित्र पण्डितहरूको भनाई छ । 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्