चैत २७, २०८०
यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...
कृषिमा वैदेशिक लगानी खुुल्ला विषयमा सरकारले व्यापक छलफल नगरि निर्णय गरेको सरोकारवालाहरुलाई आरोप लगाएका छन् ।
एसोसिएसन अफ नेपाली एग्रिकल्चर जर्नालिष्ट (अनाज) र राष्ट्रिय कृषक समूह महासंघले मंगलवार आयोजना गरेको कृषिमा वैदेशिक लगानी विषयक बहस कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले सरकारले घनिभूत छलफल नै नगरिकन कृषिमा वैदेशिक लगानी खुल्ला गर्ने निर्णय गर्नु आपत्तिजनक रहेको धारणा राखेका छन् ।
राष्ट्रिय किसान आयोगका सदस्य एवं प्रवक्ता रवीन्द्र केसीले सरकारले आवश्यक गृहकार्य नगरी यो निर्णय गरेकोप्रति आपत्ति जनाए । उनले भने, वैदेशिक लगानी आउनु हुँदैन भने पक्षमा हामी छैनौ तर त्यसका लागि खुल्ला बहस गर्नुपथ्र्यो तर त्यस्तो नगरेर सरकारले चोरबाटोबाट निर्णय गरेको छ ।’ विगतमा पनि पटक पटक कृषिमा वैदेशिक लगानी खुला गर्ने प्रयास भएको जानकारी गराउँदै उनले त्यसलाई आफूहरुले असफल बनाएको तर यसपटक कसैसँग कुनै सल्लाह नै नगरि निर्णय गरेको आरोप लगाए । वैदेशिक लगानी खुल्ला गर्नुपर्छ तर स्वदेशी उद्योग तथा किसानलाई असर नपर्ने गरी गर्नुपर्ने कुरामा उनले जोड दिए ।
कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सहसचिव श्रीराम घिमिरेले पनि सरोकारवालासँग व्यापक छलफल र गृहकार्यपछि मात्रै ऐन ल्याउनुपर्नेमा उद्योग मन्त्रालयले हतार गरेको दावी गरे । यद्यपी ऐन आउँदैमा आति हाल्नुपर्ने अवस्था नरहेको उनले धारणा राखे ।
विदेशी लगानीको बारेमा निर्देशिका बनाउँदा ऐनमा भएको कमीकमोरीलाई सुधार्न सकिने बताउँदै उनले त्यसका लागि हरेक सरोकारवालासँग छलफल गर्नुपर्ने कुरामा जोड दिए । त्यसो त उनले पनि पनि खुला अर्थ नीतिमा कृषिमा बैदेशिक लगानीलाई निरुत्साहित गर्न नसकिने धारणा राखे । कृषि मन्त्रालयका प्रवक्ता समेत रहेका सहसचिव घिमिरेले विदेशी लगानी खुल्ला गर्दा निर्यात बढ्ने र आयात कम हुने भएकाले त्यो नीति आफैमा गलत होइन तर आवश्यक छलफल नगरि निर्णय भएको बताए ।
गोल्यान समूहका अध्यक्ष पवनकुमार गोल्यानले कृषिमा वैदेशिक लगानीदेखि डराउनु नहुने धारणा राखे । कतिपयले कृषिमा वैदेशिक लगानीको विरोध गरेकोमा आफू आश्चर्यमा परेको बताउँदै उनले कृषिमा वैदेशिक लगानी आयो भने यसले एक–दुुईजनालाई मात्र फाइदा हुँदैन समग्र कृषि क्षेत्रलाई नै फाइदा हुने स्पष्ट पारे ।
नेपाल उद्योग वाणिज्य महासंघका कार्यसमितिका सदस्य तथा डेरी उद्यमी अरनिको राजभण्डारीले आफूहरु वैदेशिक लगानीको विरोधी नभएको बताउँदै सरकारले सरोकारवालासँग छलफल नै नगरी ऐन ल्याएकोमा त्यसमा कसैको स्वार्थ गाँसिएको छ कि भने आशंका जन्माएको बताए ।
त्यस्तै नेपाल डेरी एसोसिएसनका महासचिव प्रल्हाद दाहालले भने आत्मनिर्भरोन्मुख अवस्थामा रहेको नेपालको दुग्ध क्षेत्रमा वैदेशिक लगानी आवश्यक नरहेको बताए । उद्योग विभागअन्तर्गको वैदेशिक लगानी शाखाका प्रमुख उदयकुमार गुप्ताले सरोकारवालासँग छलफल गरेरै ऐन ल्याइएको दावी गरे । प्रमुख गुप्ताले ऐन आएपनि कृषिमा तत्कालै वैदेशिक लगानी आइहाल्ने अवस्था नरहेको र यसमा थप छलफल गर्न सकिने अवस्था रहेको बताए । हालसम्म कृषिमा ४ वटामात्रै ठूला वैदेशिक लगानीका उद्योग दर्ता भएका छन् भने साना उद्योगको संख्या भने २९० रहेको उनले जानकारी गराए ।
राष्ट्रिय कृषक समूह महासंघका अध्यक्ष नवराज वस्नेतले विदेश लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५ मा विदेशी लगानी निषेध गर्ने व्यवस्था भएपनि मन्त्रिपरिषले ७५ प्रतिशत निर्यात गर्ने शर्त राखी प्रत्यक्ष वैदेशिक लगानी खुला गर्ने निर्णयले नेपाली भूमिहीन, सिमान्तकृत कृषि श्रमिक, महिला र साना किसान कृषि पेशाबाटै विस्थापित हुने दावी गरे ।
यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...
मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...
विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...
नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...
अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...