काँग्रेस र नेकपा कार्यकर्ताबीचको झडपमा वडाध्यक्ष शाहीसहित ४ जना घाइते, अनिश्चितकालीन निषेधाज्ञा जारी

पश्चिम रुकुमको आठबिसकोट नगरपालिका-९ राडी बजारमा दुई पार्टीबीचको विवादमा भएको झडपमा सोही वडाका अध्यक्ष तारक बहादुर शाही समेत ४ जना घाइते भएका छन् ।
नेपाली कांग्रेस र नेकपा (प्रचण्ड–माधव समूह)का कार्यकर्ताबीच सोमबार साँझ पूर्व रिसईवीको कारण झैझगडा भएको विषयलाई लिएर मंगलबार पनि दुवैपक्षबीच झडप भएको हो । सो झडपमा वडाध्यक्ष शाही र भीड नियन्त्रण गर्ने क्रममा भीडले ढुङ्गा प्रहार गर्दा ३ जना प्रहरी कर्मचारीहरू घाइते भएका हुन् । उनीहरूको अवस्था सामान्य रहेको छ ।

स्थितिलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले हवाई फायर समेत गरेको छ । जिल्ला प्रहरी कार्यालय रुकुम (पश्चिम) लगायतका प्रहरी युनिट र सशस्त्र प्रहरी बल समेतबाट थप सुरक्षाकर्मीको टोली उक्त स्थानमा खटिई गई स्थितिलाई नियन्त्रणमा लिने प्रयास भइरहेको    छ । यसैबीच स्थानीय प्रशासनले थप दुर्घटना रोक्न राडीबजारमा अनश्चितकालीन निषेधाज्ञा जारी गरेको छ । जिल्ला प्रशासन कार्यालयले अर्को सूचना नभएसम्मका लागि मंगलबार ५ बजदेखि निषेधाज्ञा लगाएको हो ।


Advertisement

 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्