प्रचण्डले भने–सर्वोच्चले जनताको भावना विपरित गएर फैसला गरे देश अँध्यारो सुरुङतिर जान्छ

नेकपा प्रचण्ड–माधव नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले सर्वोच्च अदालतलाई कुनै दवाव र धम्की नदिने स्पष्ट पारेका छन् । यद्यपी देश नै प्रतिनिधिसभा विघटनको विपक्षमा रहेको भन्दै प्रचण्डले सर्वोच्चले पनि जनताको भावना अनुरुप फैसला गर्ने विश्वास गरे ।

मंगलबार राति पत्रकार ऋषि धमलालाई टेलिभिजन अन्तरवार्ता दिँदै प्रचण्डले भने, ‘सर्वोच्चलाई कुनै दवाव नदिएको भएपनि अदालत जनताको भावना विपरित नजाने विश्वास छ । गए त संविधान भाँचियो । संविधान ट्रयाकबाट बाहिर गयो । त्यसपछि देश अँध्यारो सुरुङतिर जान्छ ।’ उनले संविधानसभाबाट संविधान जारी हुनुलाई शान्तिप्रक्रियाको अंगको रुपमा समेत लिनुपर्ने भन्दै यसतर्फ पनि ख्याल गरिनुपर्नेमा जोड दिए ।
उनले संविधान भाँचिएपछि देश अस्थिरता र कुनै पक्ष विद्रोहतिर समेत जानसक्ने भन्दै देश भयानक अँध्यारोतर्फ जाने दोहोर्याए ।


Advertisement

उनले संसद भंग भएको नभएर केपी ओलीको सरकार चाहिँ भंग भएको दावी गरे । प्रधानमन्त्रीलाई जुन बेला जे मन लाग्यो त्यो गर्ने अधिकार नभएको भन्दै ओलीको अराजक कदमलाई मान्यता दिन नसकिने बताए ।
उनले आफ्नो जोड संसद पुनःस्थापनातर्फ भएको र त्यसको विकल्प पनि नभएको भन्दै निर्वाचनतर्फ नसोचेको र ध्यान पनि नदिएको स्पष्ट पारे ।


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्