चीनमा कोरोनाभाइरस संक्रमण रोक्न लगाइएको लकडाउनलाई उल्लंघन गर्दै घुम्न निस्केका एक वृद्धलाई रुखमा बाँधेर सार्वजनिक बेइज्जती गरिएको छ ।
सामाजिक सञ्जालमा अप्लोड गरिएको फूटेजमा सामुदायिक अधिकारीले वृद्धलाई डोरीले रुखमा बाँधेको अनि यस्तो परिस्थितिमा पनि घरबाट निस्केको भन्दै गाली गरेको सुनिन्छ ।
ती अधिकारीले आफ्ना सहकर्मीहरूलाई ती वृद्धलाई अझै कसेर बाँध्न भनेको पनि सुनिन्छ ।
घटना मंगलवार गाओचङ जिल्लामा भएको हो ।
त्यो खबे प्रान्तको राजधानी शिजियाच्वाङमा पर्छ । त्यहाँ यसै महिनामा कोरोना फैलिएको छ ।
जनवरी ८ मा उक्त शहरले सबै एक करोड १० लाख निवासीलाई अत्यावश्यक नपरेमा घरबाट बाहिर ननिस्कन भनेको छ ।
शहरमा हजारौं भाइरस संक्रमितहरूलाई राख्नका लागि विशाल क्वरेन्टीन शिविर बनाइएको छ ।
एजेन्सी