कात्तिक २४, २०८०
मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...
पर्यटकीय नगरी पोखरामा दिनप्रतिदिन ट्राफिक व्यवस्थापन पेचिलो बन्दै जाँदा यहाँका व्यस्त चोकहरूमा आकाशे पुलको आवश्यकता बढेको छ ।
सोही आवश्यकता महशुस गर्दै पोखरा महानगरपालिकाले पहिलोपल्ट वडा नम्बर ८, सिर्जनाचोकमा पेडेस्टल ओभर हेड ब्रिज (आकाशे पुल) निर्माण योजना अघि बढाएको हो ।
तर निर्माण सम्पन्न गर्नुपर्ने समय गुज्रिसक्दा थप १ वर्ष समय पनि घर्किँदै गएको छ ।
२ करोड ३२ लाख रुपैयाँ लागतमा निर्माण गरिने भनिएको सो पुल कोभिड– १९ र बिजुलीको हाइटेन्सन लाइन हटाउन तत्काल पहल नभएको कारण देखाउँदै टार्ने काम भएको छ ।
सिर्जनाचोक पोखरामा महेन्द्रपुल, सभागृहचोक, पृथ्वीचोक, बिरौटा, बिपीचोक जस्तै व्यस्त चोकमा पर्दछ । महानगरले बिस्तारै अन्य चोकमा पनि आकाशे पुल निर्माण गर्ने योजना मुताबिक २ वर्षअघि सिर्जनाचोकलाई छानेर केएम/जयविष्णु निर्माण सेवालाई ठेक्का दिएको थियो ।
करीब १४ महिना अवधि राखेर २०७७ साउन २७ सम्म निर्माण पूरा गर्ने गरी ठेक्का दिइएकोमा निर्माण कम्पनीले कोरोना महामारी तथा बिजुलीको हाइटेन्सन लाइन हटाउन सरोकारवाला पक्षले चासो नदिएको कारण देखाउँदै समयमै पुल निर्माण गर्न नसकेको दाबी गरेको छ ।
पुलका लागि खाल्डो मात्र खनिएको अलपत्र अवस्थामा पुनः १ वर्ष समयावधि थपिएको थियो ।
निर्माण कम्पनीका सञ्चालक सोम थापाले भने, ‘गत वर्ष चैतमा कोरोना महामारीका कारण लकडाउन, निषेधाज्ञा भयो । काम गर्न पाइएन, तसर्थ १ वर्ष समय थप भएको हो ।’
उनले अगाडि भने, ‘तैपनि सिर्जनाचोक क्षेत्रमा बिजुलीको करीब ११ हजार भोल्ट बराबरको हाइटेन्सन लाइन हटाउन महानगरमा ताकेता गर्दा पनि हटाइएको छैन । त्यसले गर्दा पनि काम सुचारू ढंगले अघि बढ्न नपाएको हो ।’
यसबारेमा पोखरा महानगरपालिकाका प्रवक्ता धनबहादुर नेपालीले पोल विस्थापित गर्नका आवश्यक लागतसहित इस्टिमेट भएर नेपाल विद्युत् प्राधिकरणलाई जिम्मा दिने काम हुँदै गरेको जानकारी दिए ।
पुल बन्ने क्षेत्रको चारैतिर हाल पुराना खालका ८ मिटर अग्ला बिजुलीका पोल छन् । ती पोल हटाएर १६ मिटर अग्ला १६ थान पोल राख्नुपर्दछ । प्राधिकरणलाई जिम्मा दिएपछि दुई साताभित्रै पोल विस्थापित भइसक्ने उनले बताए ।
पोल विस्थापन कार्य कहिलेदेखि शुरू हुन्छ भन्नेमा महानगर आफैँ अन्यौलमा छ ।
हालसम्म खाल्डो खनेर पिल्लर राख्ने काम सम्पन्न भएको छ भने भर्याङको काम जारी छ । गडर अर्थात बिमको काम थाती नै छ । सोका लागि बिजुलीको पोल हटाउनै पर्दछ ।
यसैबीच, पोखरा महानगरका मेयर मानबहादुर जिसीले विविध समस्याले निर्माण अवधि बढेको स्वीकार्दै अब भने द्रूत ढंगमा काम अघि बढ्ने दाबी गरे । उनले महानगरले आवश्यकता हेरेर पोखराका व्यस्त चोकहरूमा क्रमशः यसखालको पुल बनाउने योजनालाई अगाडि बढाउने जानकारी दिए ।
पोखरामा बढ्दो जनघनत्व र सवारी साधनका कारण मुख्य चोकहरूमा आकाशे पुलको आवश्यकता बढ्दै गएको हो । सिर्जनाचोक बाहेक ५ ठाउँमा आकाशेपुल निर्माणका लागि अध्ययन भइरहेको महानगरले जनाएको छ ।
आकाशे पुल निर्माणका लागि कास्की क्षेत्र नम्बर २ का तत्कालीन सांसद तथा पर्यटनमन्त्री रवीन्द्र अधिकारीले पूर्वाधार विकास कार्यक्रममार्फत् ५० लाख रुपैयाँ बजेट उपलब्ध गराएका थिए ।
स्टिल ट्रस पेडेस्ट्रेन ओभरहेड ब्रिज नेपालमै पहिलो पल्ट पोखरामा बन्न लागेको दाबी गरिएको छ । एक ठाउँबाट आकाशे पुलमा चढेपछि चारै तिरबाट झर्न मिल्छ ।
आकाशे पुलका लागि जमिनमुनि सिमेन्ट र जमिनमाथिको सबै संरचना स्टिलको हुनेछ । २०७६ जेठ ५ मा आकाशेपुल निर्माणका लागि सम्झौता भएको हो । पुलको गत वर्ष मंसिर अन्तिम साता गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले शिलान्यास गरेका थिए ।
निर्माण कम्पनीले निर्माण समयसीमाभन्दा पहिले नै चैतमा सक्ने दाबी गरेको थियो ।
यातायात व्यवस्था कार्यालय गण्डकीका अनुसार हाल पोखरा नगरमा दैनिक २ लाख २५ हजार साना ठूला सवारीसाधन गुड्छन् । सो कार्यालयको २०५४ को तथ्यांकमा ४५ हजार सवारीसाधन दर्ता भएकोमा अहिले बढेर झण्डै २ लाख दर्ता भैसकेका छन् ।
स्मार्ट सिटी अवधारणामा अघि बढेको देशकै सबैभन्दा ठूलो क्षेत्रफलमा फैलिएको पोखरा महानगरपालिकामा ट्राफिक व्यवस्थापनबारे बेलैमा नसोचे काठमाडौं उपत्यकाको हाल हुने पोखरेलीको चिन्ता छ ।
मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...
कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...
काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...
एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...
यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...
विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...