एलेक्सी नभाल्नीका अनुसार यस्तो छ पुटिनको एक खर्ब पर्ने दरबार (तस्वीरहरू)

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनका विरोधी एलेक्सी नभाल्नीले पुटिनको एक खर्ब पर्ने दरबारमा विलासिताका सबै सामग्रीहरू उपलब्ध रहेको बताएका छन् । 

रुसको दक्षिणमा रहेको कृष्ण सागरको तटमा पुटिनको विलासी दरबारको भित्री भागको तस्वीरहरू आफूसँग रहेको दाबी नभाल्नीले गरेका छन् । 


Advertisement

उक्त दरबारका ३डी तस्वीरहरूमा भव्य कोठाचोटा, नाच्ने दरी, स्पा र सिनेमाघर देखिन्छ । दरबारभित्रै भूमिगत आइस रिंक र अंगुरका खेत पनि छन् । 

त्यहँ चर्च पनि छ अनि नग्न युवतीहरूले नग्न भएर नाच्ने क्लब पनि छ, नभाल्नीले दाबी गरे । 
 


Advertisement

नभाल्नीले पक्राउ पर्नुभन्दा दुई घन्टाअघि पोस्ट गरेको यूट्युब भिडियो उनकै ब्लगमा प्रकाशित भएको छ । 

दरबारका पर्खाल भत्काउन नसकिने खालका छन्, त्यहाँ आफ्नै बन्दरगाह छ, सुरक्षा क्षेत्र, चर्च, नो फ्लाई जोन र बोर्डर चेकपोइन्ट पनि छ । रुसभित्र छुट्टै राज्य जस्तो छ त्यो,’ नभाल्नीले भने । 

पुटिनको यो दरबार बनाउन एक खर्ब रुपैयाँभन्दा बढी खर्च गरिएको र उनका भित्रियाहरूले व्यापक मात्रामा भ्रष्टाचार गरेर दरबार बनाउन पैसा जुटाएको नभाल्नीको आरोप छ । 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्