×

NMB BANK
NIC ASIA

धमला पत्नी एलिजा नयाँ चलचित्रमा

माघ ७, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

केहि समय अघि निर्देशक दिपक श्रेष्ठले भनेका थिए, ‘अब चलचित्र निर्देशन गर्छु जस्तो लागेको छैन । चलचित्र बनाउने स्थिती नबनेसम्म चलचित्र उद्योगमा फर्किनुको अर्थ छैन ।’

Muktinath Bank


उनले अनौपचारिक गफमा उक्त कुरा भनेको लामो समयपछि नयाँ चलचित्रको घोषणा गरेका छन् । उनी लगभग ७ वर्षपछि चलचित्र निर्देशनमा फर्किने तयारी गरेका हुन् । 
उनले अन्तिम समय चलचित्र ‘रङ वे’ निर्देशन गरेका थिए । त्यसपछि चलचित्र उद्योगबाट गुमनाम थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले नयाँ चलचित्र ‘घिन्ताङ’ बनाउने भएका छन् । हाल चलचित्रको स्क्रिप्टको काम भइरहेको निर्देशक श्रेष्ठको भनाई छ । चलचित्र ‘अनुराग’बाट चलचित्र यात्रा थालेकी एलिजासँग हालै श्रेष्ठले कागजी सम्झौता गरेका छन् । एलिजाले राम्रो रकममा चलचित्रमा साइन गरेको बताएपनि के कति रकममा साइन गरेकी हुन् अहिलेसम्म खुलाएकी छैनन् ।


Advertisment
Nabil box
Kumari

यो चलचित्रको अभिनेताका लागि अभिनेता विपिन कार्कीसँग कुराकानी भएको थियो । 

Vianet communication
Laxmi Bank

तर, विपिन ‘प्रसाद’को सिक्वेलमा व्यस्त भएपछि निर्देशक श्रेष्ठले युवा कलाकार गौरव पहाडीलाई आफ्नो प्रोजेक्टमा भित्राएका छन् । पहाडी पछिल्लो समयका व्यस्त अभिनेतामा पर्छन् । 

चलचित्रमा गाउँघरमा बस्ने नेपालीको वास्तविक कथालाई समेट्ने तयारी गरिएको छ । निर्देशक श्रेष्ठले चलचित्रको अहिले प्रि–प्रोडक्सनको काम भइरहेको जानकारी दिए ।

श्रेष्ठ कुनै बेलाका सर्वाधिक व्यस्त र डिमाण्डेड निर्देशक हुन् । उनले निर्देशन गरेका चलचित्र पापी मान्छे, भाइ, तकदिर, पर्खि बसेँ, हिम्मत, सूर्य चन्द्र, बचन, वीर लगायतका चलचित्र सफल चलचित्रमा गनिन्छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ११, २०८०

अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् ।  उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...

पुस ६, २०८०

दरबारको कथा समेटेर नेपाली चलचित्र ‘राजमहल’ निर्माण गरिने घोषणा गरिएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाविच चलचित्रमा अभिनय रहने मुख्य कलाकारहरूको जानकारी दिँदै औपचारिक निर्माण घोषणा...

फागुन १८, २०८०

वैशाखमा प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘डिग्री माइला’को टिजरलाई लिएर अर्बपति विनोद चौधरीले प्रतिक्रिया दिएका छन् । उक्त फिल्मको केही दिनअघि सार्वजनिक टिजरलाई लिएर चौधरीले प्रतिक्रिया दिएका हुन् ...

कात्तिक १९, २०८०

अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ ।  सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...

कात्तिक २८, २०८०

अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् ।  यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...

असोज ३०, २०८०

बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ ।  हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x