ट्राफिक प्रहरी महाशाखालाई २०० थान फ्लोरोसेन्ट ज्याकेट प्रदान

मेरो  माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत महानगरीय ट्राफिक प्रहरी महाशाखा काठमाडौँलाई २०० थान फ्लोरोसेन्ट ज्याकेट प्रदान गरेको छ ।
सडक दुर्घटना न्यूनीकरण गर्न सहयोग पुग्ने उद्देश्यले प्रदान गरेको उक्त संस्थाले जनाएको छ ।

उक्त ज्याकेट संस्थाका प्रमुख कार्यकारी अधिकृत रामहरि दाहाल, प्रबन्धक राजु प्रसाद पुडासैनी लगायतको उपस्थितिमा महानगरीय ट्राफिक प्रहरी महाशाखा काठमाण्डौंका प्रमुख जनक भट्टराईलाई आज बुधबार हस्तान्तरण गरिएको संस्थाले जनाएको छ ।


Advertisement

ट्राफिक प्रहरीले सडक दुर्घटना न्यूनिकरण कम गर्न बिभिन्न सचेतनामूलक कार्यक्रमहरु गर्दै आइरहेको सन्दर्भलाई स्मरण गर्दै रात्रिकालीन समयमा फ्लोरोसेन्ट ज्याकेटको अभाबमा प्रहरीहरु नै दुर्घटनाको सिकार भएका खबरहरु समाचार माध्यममा आउने गरिएकोले ज्याकेट बितरण गरिएको प्रमुख कार्यकारी अधिकृत रामहरि दाहालले बताए ।

महानगरीय प्रमुख भट्टराईले आम जनताको सुरक्षामा अहोरात्र खटिरहेका प्रहरीहरुलाई संस्थाले गरेको सहयोगलाई आभार प्रकट गर्नुहुदै समाजमा शान्ति सुरक्षा कायम गराउन समेत सहयोग मिलेकोले कार्यमा अझै उत्साह मिल्ने बताए।


Advertisement

मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था नुवाकोटको बट्टारमा कर्पोरेट कार्यालय रहि देशका ५९ जिल्लामा १२० शाखा कार्यालय मार्फत करिब १ लाख २५ हजार घरपरिवारहरुमा वित्तीय सेवा पुर्‍याइरहेको छ ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्