×

NMB BANK
NIC ASIA

पत्रपत्रिका पहिलो पेज : बहस गर्ने वकिलको नाम नथप्न आदेश, नेपालमा कहिलेदेखि लगाइन्छ खोप ?

माघ ८, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

बिहीबार राजधानीबाट प्रकाशित हुने प्रायः सबैजसो पत्रिकाले भारतले अनुदानमा दिन लागेको खोपको पहिलो खेप आज आउन लागेको समाचारलाई पहिलो पृष्ठमा महत्वका साथ छापेका छन् । नयाँ पत्रिका दैनिकले भारतले अनुदानमा दिन लागेको १० लाख डोजले ४ लाखलाई खोप लगाउन मिल्ने समाचार छापेको छ । ‘यो खोप एक जनालाई दुई डोज लगाउनुपर्छ । सामान्यतयाः १० लाखले ५ लाख जनसंख्यालाई पुग्नुपर्ने हो । तर, प्रविधिक कारणले १० देखि १५ प्रतिशत खोप प्रयोगमा आउँदैन, त्यसैले अहिले आउन लागेको खोप करिब ४ लाख मानिसलाई लगाउन मिल्छ’, पत्रिकाले लेखेको छ । सोही पत्रिकाले १० देखि १५ दिनमा खोप लगाउन सुरु हुने खोप शाखा प्रमुखका प्रमुख डा झलक शर्मा गौतमको अन्तरवार्ता पनि छापेको छ ।

Muktinath Bank

यही विषयमा कान्तिपुर दैनिकले खबर छाप्दै ५ दिनभित्र सबै जिल्लामा खोप पुगिसक्ने खबर छापेको छ । सो खोप स्वास्थ्यकर्मीलाई जिल्ला अस्पतालबाटै लगाइने बताइएको छ । राजधानी, गोरखापत्र, नेपाल समाचारपत्र, अन्नपूर्ण, नागरिक लगायतले पनि सोसम्बन्धी समाचारलाई पहिलो पृष्ठमा महत्वकासाथ छापेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसैगरी कान्तिपुर दैनिक महाकालीमा भारतले फेरि एकतर्फी रुपमा तटबन्ध निर्माण गरेको खबर छापेको छ । नेपालको आग्रहलाई बेवास्ता गर्दै भारतले तटबन्ध निर्माण गर्नुका साथै जगका लागि करिब ८० मिटर खनेको छ । कान्तिपुरले नै ‘अमेरिकामा फेरियो सत्ता’ शीर्षकमा समाचार छापेको छ । नव निर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनले गएराति पद तथा गोपनीयताको शपथ लिएका हुन्। यस्तै निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प ह्वाइटहाउसबाट बिदा भएका छन् ।


Advertisment
Nabil box
Kumari

राजधानी दैनिकले ललिता निवास तथा त्यससँग सम्बन्धित सरकारी जग्गा हिनामिनासम्बनधी अनुसन्धानलाई अन्तिम रुप लिएको सीआईबीले ४०० जनाविरुद्ध मुद्दा दर्ताको अन्तिम तयारी थालेको खबर छापेको छ । अख्तियारले १७५ जनालाई दोषी दावी गर्दै मुद्दा दायर गरेपनि सीआईबीले ४ सय जनाको हाराहारीलाई दोषी दावी गरेको हो ।

Vianet communication
Laxmi Bank

सोही पत्रिकाले काठमाडौं उपत्यकालगायत देशका मुख्य सहरी क्षेत्रमा आवास प्रयोजनका लागि बनाइएका अमार्टमेन्ट तथा ठूला व्यापारिक भवन असुरक्षित रहेको खबर छापेको छ । अपार्टमेन्टको अनुगमनकै नहुने गरेको समाचारमा भनिएको छ । यस्तै नेपालमा रासायनिक मल कारखाना स्थापना गर्न सरकारले गृहकार्य अघि बढाएको खबर पनि सोही पत्रिकाले पहिलो पृष्ठमा छापेको छ ।

नयाँ पत्रिका दैनिकले ‘बहस गर्ने वकिलको नाम नथप्न आदेश’ शीर्षकमा समाचार समेत छापेको छ । विघटित प्रतिनिधिसभाविरुद्धको रिटको सुनुवाइमा अधिवक्ताहरूले एकै किसिमका तर्कसहित बहस गर्न थालेपछि इजलासले एक जनालाई आधा घण्टाको समय समेत तोकेको छ । प्रदेशमा सत्ता समीकरणको रस्साकस्सी चलेकै बेला काँग्रेसले छलफल थालेको खबर पनि सोही पत्रिकाको पहिलो पृष्ठमा छ ।
यस्तै गोरखापत्रले संवैधानिक इजलासमा बहस जारी रहेको, मल कारखाना खोल्ने तयारी भएको, पुनर्निर्माण सम्पन्न भएपछि पुरानै ठाउँमा प्रधानमन्त्री कार्यालय सर्ने तयारी भएको जस्ता समाचारलाई पहिलो पृष्ठमा छापेको छ ।

अन्नपूर्ण पोस्टले नेकपा विवादमाथि टिप्पणी छापेको छ । यस्तै भारतले कोरोनाका खोप दिन लागेको साथै अमेरिकामा बाइडेनको उदयको विषयमा पनि खबर छापेको छ ।
नागरिक दैनिकले ‘खाँचे परेको बेला राष्ट्रिय सभा झनै निष्क्रिय’ शीर्षकमा समाचार छापेको छ। ‘प्रतिनिधिसभा नभए पनि राष्ट्रिय सभाले सरकारका काममा अनुगमन र निर्देशन गर्न सक्छ । तर प्रतिनिधिसभा विघटन भएपछि देखिएको दलीय ध्रुवीकरणले राष्ट्रियसभाको काम प्रभावित बन्न पुगेको छ’, समाचारमा भनिएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x