पहिलो १०० दिनमा ट्रम्पका नीतिलाई उल्ट्याउने बाइडनको योजना

बुधवार जो बाइडन अमेरिकाका राष्ट्रपति बनेका छन् । उनको कार्यकालको पहिलो १०० दिनमा सबैको नजर हुनेछ । 

विशेषगरी कोभिड नियन्त्रणमा उनको जोड हुनेछ । 


Advertisement

पहिलो दिन नै उनले ट्रम्पका विनाशकारी नीतिलाई उल्ट्याउनका लागि कार्यकारी आदेश जारी गरिसकेका छन् । 

उनले अमेरिकालाई पेरिस जलवायु सम्झौतामा पुनः आबद्ध गराएका छन् । मुसलमानबहुल देशका नागरिकलाई अमेरिकामा यात्रा प्रतिबन्ध लगाउने निर्णयलाई उनले खारेज गरेका छन् । कीस्टोन एक्सएल पाइपलाइनलाई रोक्ने आदेश पनि उनले दिएका छन् । 


Advertisement

अनि संघीय भवनहरूमा प्रवेश गर्दा मास्क अनिवार्य लगाउन पनि उनले आदेश जारी गरेका छन् । 

बाइडनले अमेरिकाकै इतिहासमा सबभन्दा समावेशी मन्त्रिपरिषद् बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । 

बाइडनले गर्नुपर्ने कामहरूको सूची लामो छ । पहिला त उनले विभाजित अमेरिकी समाजलाई एकताबद्ध बनाउन प्रयास गर्नुपर्ने हुन्छ । 

अनि त्यसमाथि पूर्ववर्ती राष्ट्रपति डोनल्ड ट्रम्पविरुद्धको महाअभियोग प्रस्तावमा सिनेटले छलफल गर्नुपर्नेछ । 

रिपब्लिकनहरूले बाराक ओबामा प्रशासनलाई हरदम बाधा गरिरहेको विषयमा बाइडनलाई राम्रो ज्ञान छ । रिपब्लिकनहरूले स्टिमुलस प्याकेज, ओबामाकेयर र वाल स्ट्रीटमा सुधार लगायतका कानूनलाई रोक्न भरमग्दुर प्रयास गरेका थिए । 

ओबामाले आफ्नो पहिलो कार्यकालको आरम्भ गर्दा सिनेटमा डेमोक्रेटहरूको ६० सीट थियो । बाइडनसँग ५० सीटको सुविधा थियो । 

बाइडनले आफ्नै डेमोक्रेटिक पार्टीका सांसद र सिनेटरहरूलाई विश्वास लिनुपर्नेछ । 

यसअघिका राष्ट्रपतिहरूको कार्यकालको पहिलो १०० दिनको तुलनामा बाइडनलाई बढी चुनौती छ किनकि उनले आफ्ना पूर्ववर्तीका निर्णयहरू उल्ट्याउनुपर्नेछ । अनि महामारीका कारण अस्तव्यस्त भएको मुलुकलाई स्थिर बनाउनुपर्नेछ । उनले सार्वजनिक नीतिमा आमूल परिवर्तन ल्याउने इच्छा व्यक्त गरेका छन् तर त्यसभन्दा अघि उनले महामारी व्यवस्थापनमा जोड दिनुपर्नेछ । 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्