×

NMB BANK
NIC ASIA

प्रतिनिधि सभा विघटनमाथिको बहस

प्रतिनिधि सभा विघटन : सरकारविरुद्धको मुद्दामा घण्टौं बहस गर्ने वकिलहरूले के पाउँछन् ?

माघ ८, २०७७

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

सामान्यतया आममानिस अड्डा अदालतको ‘लफडा’मा फस्न चाहँदैनन् । कुनै पनि झमेला भयो भने छलफल गरेर समस्या वा विवादको समाधान गरिहाल्न खोज्छन् ।

Muktinath Bank

अदालतमा मुद्दा नै दर्ता गर्न भने धेरैपटक सोच्न बाध्य हुन्छन् । त्यसमा पनि सर्वोच्च अदालतमा मुद्दा दायर गर्न त झनै सोच्नुपर्ने अवस्था छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यसको एउटा मात्र कारण के हो भने मुद्दा दर्ता गराउनका लेखिनुपर्ने मुद्दाको दरखास्तदेखि अदालतको शुल्क हुँदै वकिलले मुद्दाको बहस गर्नका लागि लिने चर्को शुल्कका साथै विभिन्न खर्च जोडेर ठूलो आर्थिक भार पर्न जाने खतराका कारण आममानिस मुद्दा गर्न हिच्किचाउने गर्छन् । 


Advertisment
Nabil box
Kumari

तर, काठमाडौंमा यस्ता पनि मानिस छन्, जसले आफूले दर्ता गराएको रिट निवेदनमा बहस गर्नका लागि एउटा रिट निवेदकले ४५ जनासम्म वकिल राख्ने गरेका छन् । त्यो पनि काठमाडौंमा नाम चलेका महंगो शुल्क लिने गरेका वरिष्ठ अधिवक्तादेखि दर्जनौं अधिवक्ताहरू राख्ने गरेका छन् ।

Vianet communication
Laxmi Bank

व्यक्तिगत मुद्दाको त त्यो अवस्था हुन्छ भने राष्ट्रिय महत्त्वका विषयका मुद्दाको त झन् के कुरा ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपति विद्या देवी भण्डारीले पुस ५ गते प्रतिनिधि सभा विघटनको घोषणा गरिन् ।

विघटनको घोषणासँगै आगामी वैशाख १७ र २७ गतेका लागि चुनावको मिति समेत घोषण भइसकेको छ ।

एकातिर चुनावको तयारी चलिरहेको छ, अर्कातिर प्रतिनिधि सभा विघटनविरुद्धका रिटहरू माथि सर्वोच्च अदालतमा बहस चलिरहेको छ ।

प्रतिनिधि सभा विघटनविरुद्ध १३ वटा रिट निवेदन दर्ता भएका छन् । तीमध्ये एउटै रिटमा  ४० देखि ५० जनासम्म कानून व्यवसायीले वकालतनामा लेखाएका छन् ।

अधिवक्ताहरू सन्तोष भण्डारी, नवराज पाण्डे, सुजन नेपाल, मुजिन्द्र सुवेदी, गोविन्द बसला, वीरभद्र जोशी र प्रकृति खड्का गरी ७ जनाले प्रतिनिधि सभा विघटनको निर्णय बदर हुनुपर्छ भनेर संयुक्त रूपमा रिट निवेदन दर्ता गराएका छन् ।

रिट निवेदक भण्डारीका अनुसार उनीहरूका तर्फबाट वरिष्ठ अधिवक्ताहरू कृष्णप्रसाद भण्डारी, डा. भीमार्जुन आचार्य, सुनिल पोखरेल, डा. चन्द्रकान्त ज्ञवाली, शैलेन्द्र कुमार दाहाल, नरेन्द्र केसी, ‍ डा. शिवकुमार यादव, शेरबहादुर ढुंगाना समेत ४५ जना वकिलले उनको रिटको पक्षमा बहस गर्दैछन् ।

एउटै ​मुद्दामा लाखौं लिने वरिष्ठ अधिवक्ताहरू बहसमा राख्न कसरी सम्भव भयो त ?

‘नाम चलेका वरिष्ठ अधिवक्ताहरूको बहस शुल्क १ लाखदेखि ५ लाख रुपैयाँसम्म छ,’ भण्डारीले लोकान्तरसँग भने, ‘हामीले उहाँहरूको शुल्क तिर्नुपर्ने भए त्यति ठूलो संख्यामा राख्न नै सकिन्नथ्यो, उहाँहरूले हामीलाई निःशुल्करूपमा कानूनी सहयोग प्रदान गर्नुका साथै बहस गरिरहनुभएको छ ।’ कतिपय कानून व्यवसायीहरू त आफ्नो क्लासमेट साथी नै छन्, कतिपयले हामी सँगसँगै सर्वोच्चमा बहस गर्ने साथीहरू समेत रहेको उनले बताए ।  

‘कतिपय वरिष्ठ अधिवक्ताहरूलाई हामीले बहस गरिदिनुपर्यो भनेर एप्रोच पनि गरेको हो भने कतिपय वरिष्ठहरूले राष्ट्रिय सरोकारको विषय भएका कारण आफैं सम्पर्क गरेर निःशुल्क बहस गर्न तयार हुनुभएको हो,’ भण्डारीले भने, ‘रिट निवेदन दर्ता गर्नदेखि अन्य कामहरू समेतमा कुल १० हजार रुपैयाँ मात्र खर्च भएको छ ।’

राष्ट्रिय सरोकारको मुद्दा भएकाले तथा संविधानमाथिको रक्षाका लागि वरिष्ठ  अधिवक्ताहरूले सरकारविरुद्धका रिटमा नि:शुल्क बहस गरिरहेका हुन् । 

त्यस्तै अधिवक्ता लोकेन्द्र ओली र केशरजंग केसीले समेत संयुक्त रूपमा अर्को रिट दर्ता गराएका छन् ।

निवेदक ओलीका अनुसार उनीहरूका तर्फबाट अधिवक्ताहरू शशिकुमारी अधिकारी, निरसिंह खत्री, खिमानन्द अधिकारी, पूर्णप्रसाद बस्नेत, दिनेश लामिछाने, समुन्द्र पौडेल, दीपक खनालसहितका अधिवक्ताहरूले वकालतनामा भरेका छन् ।

‘सार्वजनिक सरोकारको विषय भएका कारण उहाँहरूले हामीलाई निःशुल्क रूपमा सहयोग गर्नुभएको छ,’ रिट निवेदक ओलीले लोकान्तरसँग भने, ‘कोर्ट फीसहित फोटोकपी आदि समेत गरेर कुल ८ हजार रुपैयाँ मात्र खर्च भएको छ ।’

हामी रिट निवेदकहरूलाई निःशुल्क रूपमा सहयोग प्राप्त भए पनि सरकारकातर्फ बाट नियुक्त भएका वकिलहरूले भने शुल्क लिएका हुन सक्छन् ।

‘सरकारका तर्फबाट बहस गरिरहेका प्राइभेट वकिलमध्ये वरिष्ठ अधिवक्ताहरू सुशील पन्त, माधव बस्नेत, डा. सुरेन्द्र भण्डारी, बालकृष्ण न्यौपाने लगायतको बहस फी १ देखि ५ लाख रुपैयाँ सम्म छ, तर यो केशमा उहाँहरूले कति शुल्क लिनुभयो वा लिनुभएन भन्नेबारे हामीलाई थाहा छैन ।’

सरकारकातर्फबाट बहस गरिरहेका वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले आफूले शुल्क लिएको स्वीकारे । यद्यपि कति शुल्क लिएको भन्ने कुरा भने खुलाउन चाहेनन् ।

‘सरकारी पैसाको त्यति ठूलो दुरूपयोग भएको छ, हामीले आफ्नो श्रमबापतको रकम लिनुपर्छ, लिएका छौं,’ उनले भने, ‘हामी वरिष्ठ अधिवक्ताहरूले बहस गर्दा शुल्क त महंगो नै हुन्छ, तर कति शुल्क लिएको भन्ने कुरा चाहिँ खुलाउन मिल्दैन ।

प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट बहस गरिरहेका वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले पनि आफूले शुल्क लिने बताए । कति शुल्क लिने भन्ने विषयमा छलफल भइरहेको उनको भनाइ छ ।

‘मैले व्यावसायिक रूपमा नै सरकारकातर्फबाट बहस गरिरहेका कारण केही न केही शुल्क त लिनैपर्छ, तर कति लिने भन्नेबारे अहिले नै तय भइसकेको छैन,’ भण्डारीले लोकान्तरसँग भने, ‘कति शुल्क लिन्छु भन्ने कुरा भन्न मिल्दैन । यो क्लाइन्ट र लयरबीच गोप्य रहने कुरा हो ।’

उनले अमेरिकामा एउटा बहसको १० मिलियन डलर चार्ज गर्नेदेखि भारतमा नै रामजेठ मलानीले एउटा बहसमा ३ करोड रुपैयाँसम्म लिने गरेको सुनाए ।

‘आफ्नो व्यवसायिक मर्यादा, आफूले दिने क्वालिटी तथा परिणाम समेतका आधारमा वकिलहरूले बढीभन्दा बढी चार्ज गर्ने गरेका हुन्छन्,’ उनले भने, ‘आफ्नो व्यावसायिक मर्यादाअनुसार शुल्क फरक–फरक हुनु स्वाभाविक हो ।’
‘काठमाडौंमा पनि एउटा बहसको १ देखि ५ लाख रुपैयाँसम्म चार्ज गर्ने वकिलहरू छन्, तर म भने त्यो सूचीमा छैन्,’ उनले भने ।

सरकारका तर्फबाट बहस गर्ने सरकारी वकिलहरूको भने छुट्टै शुल्क हुँदैन । महान्यायाधीवक्ता सहितका सरकारी वकिलहरूले सरकारबाट मासिक पारिश्रमिक नै पाउँछन् ।

सार्वजनिक सरोकारको विषय भएका कारण संवैधानिक इजलासमा चलिरहेको यो मुद्दामा ३ सयभन्दा बढी वकिलले वकालतनामा लेखाएका छन् ।

गैरसंवैधानिक काम हुँदा रिट दायर गरेको बताउने अधिवक्ता भण्डारी प्रतिनिधि सभा विघटनको विरोधमा रहेका दल र तिनका नेताहरूसँग कुनै सम्बन्ध नरहेको दाबी गर्छन् ।

‘प्रचण्डसँग जीवनमा कहिल्यै भेट भएको छैन,’ उनले भने, ‘माधवकुमार नेपालसँग एउटा सार्वजनिक कार्यक्रममा भेट भएको हो ।’

रिट दायर गरेको भनेर सरकारी पक्षबाट आफूहरूलाई कुनै दबाब वा धम्की नआएको उनले बताए । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x