सुदूरपश्चिम विश्वविद्यालयमा भौतिक उपस्थितिमै पठनपाठन शुरू

सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा बिहीवारदेखि स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड अपनाई कक्षा सञ्चालन गरिएका छन् । 

कोरोना भाइरस संक्रमण जोखिमका कारण अनलाइनका माध्यमबाट कक्षा सञ्चालन हुँदै आएकोमा अबदेखि शिक्षक तथा विद्यार्थी प्रत्यक्ष रूपमा उपस्थित भई कक्षा सञ्चालन गरिएको हो । 


Advertisement

विश्वविद्यालयको माघ ५ गतेको बैठकले प्रत्यक्ष रूपमा कक्षामा उपस्थित भई कक्षा सञ्चालन गर्ने निर्णयानुसार सञ्चालन गरिएको मानवीकी तथा सामाजिक शास्त्र संकाय विभागका प्रमुख हरिशचन्द्र भट्टले बताए । उनका अनुसार स्नातक छैटौं र आठौं सेमेस्टरका लागि बिहान १० बजेदेखि, स्नातक दोस्रो र चौथो सेमेस्टरका लागि बिहान ११ बजेदेखि र स्नातकोत्तर दोस्रो र चौथो सेमेस्टरका लागि दिउँसो ३ बजेदेखि कक्षा सञ्चालन गर्ने व्यवस्था गरिएको छ ।
 
व्यवस्थापन संकायका सम्पूर्ण कक्षा समेत सञ्चालन गर्ने निर्णय गरिएको छ । बीबीए दोस्रो, चौथो, छैटौं, आठौं, बीबीएस दोस्रो वर्ष, तेस्रो वर्ष, एमबीएम दोस्रो सेमेस्टर चौथो सेमेस्टरका कक्षा सञ्चालनका लागि समय निर्धारण गरिएको छ ।
 
बिहान ६ बजेदेखि दिउँसो ३ बजेसम्म फरक–फरक समयमा कक्षा सञ्चालन गर्ने गरी व्यवस्था गरिएको छ । शिक्षा शास्त्र विभागअन्तर्गत स्नातक र स्नातकोत्तरका कक्षा समेत बिहान ८ बजेदेखि दिउँसो ३ बजेसम्म सञ्चालन हुने भएका छन् ।


Advertisement

कमेन्ट गर्नुहोस्