×

NMB BANK
NIC ASIA

अमेरिकाका सम्भावित रक्षामन्त्रीका नजरमा यस्ता छन् देशका चुनौती, चीनसँग प्रतिस्पर्धामा जोड

माघ ८, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

अमेरिकाका राष्ट्रपति जो बाइडनले केही वर्षअघि मात्र सैन्य सेवाबाट रिटायर भएका जनरल लोयड अस्टिनलाई रक्षामन्त्री बनाउने भएका छन् । 

Muktinath Bank

माथिल्लो सदन सिनेटले उनको नामलाई स्वीकृति दिन बुधवार उनको सुनुवाइ गरेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सुनुवाइका क्रममा अस्टिनले आफू रक्षामन्त्री बनेमा कोरोनाभाइरस महामारीविरुद्ध सबै सैन्य स्रोत उपयोग गर्ने बताए । 


Advertisment
Nabil box
Kumari

‘देशको सबभन्दा ठूलो चुनौती भनेको महामारी हो,’ अस्टिनले सिनेट आर्म्ड सर्भिसेस कमिटीका सदस्यहरूलाई बताए । उनी सैन्य पोशाक लगाएर केही वर्षअघि सिनेटमा बयान दिन पुगेका थिए भने हिजो सुट टाइ लगाएर सुनुवाइमा पुगे । 

Vianet communication
Laxmi Bank

अमेरिकाले अपरेसन वार्प स्पीड नाम दिएर कोरोनाभाइरसविरुद्धका खोपहरू वितरण गर्ने योजना बनाएको छ । रक्षा मन्त्रालय पेन्टागनले खोप वितरणलाई तीव्रता दिन के कदम चाल्ने भन्ने विषयमा अस्टिनले स्पष्ट पारेनन् । 

त्यसबाहेक देशका सैनिकहरूमै पनि शत्रुहरू रहेको हुन सक्ने स्थितिका बारेमा उनले चर्चा गरे । उनले भने, ‘रक्षा मन्त्रालयको काम अमेरिकीहरूलाई शत्रुहरूबाट सुरक्षित राख्ने हो तर हाम्रै दर्जामा पनि केही शत्रुहरू रहेका हुन सक्छन्,’ उनले भने । 

‘अमेरिकी सेनामा यस्तो अतिवादको कुनै स्थान छैन,’ अस्टिनले थपे । यो बृहत्तर लडाइँको एक हिस्सा भएको उनको कथन छ । 
 

अस्टिनले देशका सैन्य साझेदारीहरूको महत्त्वलाई पनि जोड दिए । रक्षामन्त्री बनेमा आफ्नो पहिलो भ्रमणमा जापान, दक्षिण कोरिया र अस्ट्रेलिया जाने उनले बताए । हिन्द–प्रशान्त क्षेत्रका ती महत्त्वपूर्ण मुलुक हुन् र त्यस क्षेत्रमा चीनसँगको प्रतिस्पर्धा चर्को छ । 

हामीले सामना गरेको सबभन्दा चिन्ताजनक प्रतिस्पर्धी चीन हो,’ उनले बताए । 

‘उनीहरू विश्वमा प्रभुत्व कायम गर्न चाहन्छन्,’ अस्टिनले थपे । ‘उनीहरूको आक्रामकतालाई सन्तुलनमा राख्न हाम्रो जोड रहनेछ ।’

उनले चिनियाँ सेनासँग प्रतिस्पर्धा गर्दै उसभन्दा माथि रहने गरी अमेरिकी सेनालाई बलियो बनाउन जोड दिने बताए । यसका लागि नयाँ प्रविधिमा लगानी गर्नुपर्ने उनको भनाइ छ । विशेषगरी कृत्रिम बौद्धिकता र क्वान्टम कम्प्युटिङको क्षेत्रमा चीनले अमेरिकासँगको अन्तर घटाउँदै लगेको छ । 

रुस पनि अमेरिकाको मुख्य प्रतिस्पर्धी रहेको तर चीनको जस्तो उसको चिन्ता गर्नु नपर्ने अस्टिनको भनाइ छ । 

इरानको सन्दर्भमा कुरा गर्दै अस्टिनले आणविक सम्झौतामा अमेरिकालाई पुनः प्रवेश गराउन तेहरानको कदममा निर्भर रहने बताए । 

सिनेटले अस्टिनलाई स्वीकृति दिएमा रक्षामन्त्री बन्ने काला जातिका पहिलो व्यक्ति हुनेछन् । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x