×

NMB BANK
NIC ASIA

१६ महिनाकी शिशुको हत्याले दक्षिण कोरिया स्तब्ध

माघ ७, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

दक्षिण कोरियामा १६ महिनाकी एक शिशुको भिडियो क्लिप खुबै चर्चामा छ । भिडियोमा स्वस्थ र सुखी बालिकाको चौडा मुस्कान र दूधे दाँतले नरम खेलौना टोकेको देखिन्छ । 

Muktinath Bank

सारा देशलाई उनको नाम ज्योङ–इन कण्ठ छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ती शिशुलाई पाल्ने आमाले नै हत्या गरेको आरोप छ । विगत एक दशकमा बालबालिकामाथिको ज्यादतीका घटनाहरू नाटकीय रूपमा बढिरहेको भनी बालअधिकारकर्मीहरूले यसविरुद्ध कडा कारवाही आवश्यक रहेको बताएका छन् । 


Advertisment
Nabil box
Kumari

ज्योङ–इनलाई गत अक्टोबर महिनामा सौलको एक अस्पतालमा मृत घोषणा गरिएको थियो । उनलाई धर्मपुत्री बनाएका आमाबुवाले लगातार कुटपिट गर्ने गरेकाले उनको पेटमा चोटपटक र आन्तरिक रक्तश्राव भएर उनको मृत्यु भएको प्रहरीले शंका गरेको छ । 

Vianet communication
Laxmi Bank

उनको ढाडमा निकै गह्रुँगो सामग्रीले हिर्काएको राष्ट्रिय विधिविज्ञान सेवाले जनाएको छ । शिशुका हाडहरू भाँचिएको र शरीरमा अनेकौं चोटपटक देखिएको बताइएको छ । 

शिशुकी आमालाई हत्या तथा बालबालिकामाथिको दुर्व्यवहारको मुद्दामा सौल सदर्न डिस्ट्रिक्ट कोर्टमा पुर्पक्ष चलिरहेको छ । उनले बालिकामाथि दुर्व्यवहार गरेको स्वीकार गरेकी छन् र मरोस् भन्ने उद्देश्य नराखेको बताइन् । पिताविरुद्ध लापरवाहीको मुद्दा लगाइएको छ । 

यस मुद्दाकै प्रतिक्रियास्वरूप दक्षिण कोरियाली संसद्ले यसै महिनामा बालहितमा अनेकौं कानून पारित गरेको छ । घरमा बालबालिकालाई शारीरिक सजाय दिन नहुने अनि स्वास्थ्यकर्मी वा बालकल्याण संस्थाले सतर्क गराउनेबित्तिकै प्रहरीले अनुसन्धान थालिहाल्नुपर्ने कानून ल्याइएको छ । 

तर बालबालिकाको मृत्यु हुने गरी भएका दुर्व्यवहारमा लामो कारावास सजायको प्रावधानमा मतदान गरिएन किनकि वकिलहरूले त्यसको आलोचना गरे । कठोर सजायको व्यवस्था हुँदा कसूर ठहर गर्न गाह्रो पर्ने उनीहरूको तर्क छ । 

ज्योङ–इनको मृत्युपछि मानिसहरूबाट व्यापक मात्रामा शोकसन्देशहरू आइरहेका छन् । अधिकारीहरूले बालबालिकामाथिको शारीरिक क्षति र कुपोषणको प्रमाण हुँदाहुँदै पनि कारवाही नगरेकोमा उनीहरूले आक्रोश पनि पोखेका छन् । 

शिशुकी आमालाई पुर्पक्षमा लगिँदा देशका राष्ट्रपति मून जे–इनले ज्योङ–इन जस्ता बालबालिकालाई देशले बचाउन नसकेको स्वीकार गरे ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x