×

NMB BANK
NIC ASIA

संवैधानिक इजलासमा सवाल–जवाफ : ओली धारा ७६(१) को प्रधानमन्त्री कि ७६(२) को ?

माघ ८, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमाथि सर्वाेच्च अदालतको संवैधानिक इजलासमा बहसका क्रममा प्रधानमन्त्री केपी शर्मा ओली संविधानको धारा ७६(१) को प्रधानमन्त्री हुन् कि ७६(२) को भनेर सवाल–जवाफ भएको छ ।

Muktinath Bank

संविधानको धारा ७६(१) मा बहुमतप्राप्त दलको नेता प्रधानमन्त्री हुने व्यवस्था छ भने एकै दलको बहुमत नहुँदा धारा ७६(२) मा गठबन्धन सरकारको प्रधानमन्त्री हुने व्यवस्था छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अधिवक्ता टिकाराम भट्टराईले ओली धारा ७६(२) अनुसारको प्रधानमन्त्री भएको तर्क गरे । उनले तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रको गठबन्धनबाट ओली धारा ७६(२) अनुसार प्रधानमन्त्री बनेको विषय राजपत्रमा समेत प्रकाशित भइसकेको बताए । ओली एमालेको संसदीय दलको नेताको रूपमा प्रधानमन्त्री बनेका उनले तर्क गरे ।


Advertisment
Nabil box
Kumari

अधिवक्ता भट्टराईलाई रोकेर प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले प्रश्न गरे, ‘तपाईंको रिट निवेदक देव गुरुङको निवेदनमा धारा ७६(१) को सरकार भनेको छ । तपाईं धारा ७६(२) भन्नुहुन्छ, कसरी ?’

Vianet communication
Laxmi Bank

अधिवक्ता भट्टराईले नेकपा एकीकरण भएको र ओली बहुमत प्राप्त दलको नेता भएको कुरा राजपत्रमा प्रकाशित नभएकाले ओलीलाई धारा ७६(१) को प्रधानमन्त्री भन्न नमिल्ने तर्क गरे । ‘हामीले राजपत्रमा प्रकाशित कुरा हेर्नुपर्छ,’ भट्टराईले भने ।

लगत्तै इजलासबाट न्यायाधीश अनिलकुमार सिन्हाले प्रश्न गरे, ‘अहिले प्रधानमन्त्रीले गरेको संसद विघटन राजपत्रमा प्रकाशित छैन, के संसद विघटन भएको छैन त ?’

जवाफमा अधिवक्ता भट्टराईले प्रधानमन्त्री ओलीले अदालतलाई बुझाएको जवाफमा समेत आफू धारा ७६(२) अनुसारकै प्रधानमन्त्री भएको उल्लेख गरिएको तर्क गरे । तर न्यायाधीश सपनाप्रधान मल्लले प्रधानमन्त्री ओलीको जवाफको अर्काे बुँदामा नेकपा एकीकरण भएको र संसद सचिवालयलाई यसबारे जानकारी दिएको समेत उल्लेख भएको स्मरण गराएकी थिइन् ।

जवाफमा अधिवक्ता भट्टराईले ओली धारा ७६(१) अनुसारको प्रधानमन्त्री भनेर राजपत्रमा प्रकाशित नभएकाले धारा ७६(२) कै प्रधानमन्त्री मान्नुपर्ने जिकिर गरे ।

hAMROPATRO BELOW NEWS
TATA Below
चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

मंसिर २७, २०८०

निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...

पुस २१, २०८०

यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...

मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

असोज २६, २०८०

नेपालको संविधान पछिल्लो जनगणनाका आधारमा सबै घरधुरी वा घरबासमा नि:शुल्क उपलब्ध गराउन सर्वोच्च अदालतले दिएको आदेशको पूर्णपाठ सार्वजनिक भएको छ । अधिवक्ता विकास भट्टराईले दिएको रिटमा न्यायाधीशद्वय सुष्मालता माथ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x