संकटको घडीमा सघाउने भारतीय जनता र नरेन्द्र मोदीलाई ओलीले दिए धन्यवाद !

प्रधानमन्त्री केपी शर्मा ओलीले संकटको घडीमा भारत सरकारले कोरोना भाइरस विरुद्धको खोप अनुदानमा उपलब्ध गराएकोमा धन्यवाद दिएको छ ।

सामाजिक सञ्जाल ट्विटरमा लेख्दै प्रधानमन्त्री ओलीले भारतबाट १० लाख डोज खोप उपलब्ध गरिएकोमा भारतीय जनता र प्रधानमन्त्री नरेन्द्र मोदीलाई धन्यवाद दिएका हुन् ।


Advertisement

भारतले उपलब्ध गराएको खोप नेपालका लागि भारतीय राजदूत विजयमोहन क्वात्राले स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीलाई काठमाडौंमा हस्तान्तरण गरेका छन् ।

प्रधानमन्त्री ओलीले भारतको सहयोगलाई नेपालले उच्च मूल्यांकन गर्ने प्रतिवद्धता समेत जनाएका छन् ।


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्