×

NMB BANK
NIC ASIA

चित्रबहादुर भन्छन्– ‘संसद् पुनःस्थापनका लागि संयुक्त आन्दोलन आवश्यक छ’

माघ ८, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीले प्रतिनिधि सभा विघटनविरूद्ध संयुक्त आन्दोलन आवश्यक रहेको बताएका छन् । 

Sagarmatha Cement
Muktinath Bank

जनताको संयुक्त शक्तिशाली आन्दोलनको बलबाटै विघटित संसद पुनःस्थापना गर्न सकिने केसीले दाबी गरे । संसद् विघटनको विपक्षमा रहेका सबै राजनीतिक दल, नागरिक समाज र जनता संयुक्त आन्दोलनमा उत्रनुपर्नेमा केसीको जोड छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

राष्ट्रिय जनमोर्चाले बिहीबार बुटवलमा आयोजना गरेको प्रतिनिधि सभाको विघटन र संयुक्त आन्दोलनको प्रश्न’ विषयक अन्तरक्रियामा कार्यपत्र प्रस्तुत गर्दै उक्त कुरा बताएका हुन् । 


Advertisment
Nabil box
Kumari

अध्यक्ष केसीले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरी चालेको असंवैधानिक, प्रतिगामी कदम उल्ट्याउन नसकिए देशमा संकट आउन सक्ने अवस्था रहेको बताए । 

Vianet communication
Laxmi Bank

उनले सरकारले घोषणा गरेको आगामी वैशाख १७ र २७ गतेको मध्यावधि निर्वाचन हुन्छ नै भन्ने कुनै ग्यारेन्टी नभएको उल्लेख गर्दै निर्वाचन भइहाले पनि स्थिर सरकार बन्ने अवस्था नभएको दाबी गरे । 

नेपालमा अस्थिरता पैदा गरेर विदेशी शक्ति केन्द्रहरूले आफ्नो अनुकूलतामा खेल्न थालेको बताउँदै उनले प्रधानमन्त्री र राष्ट्रपतिको कदमले संविधान, गणतन्त्र र प्राप्त उपलब्धिहरू गुम्ने अवस्थामा पुगेको चिन्ता व्यक्त गरे । 

मुलुकमा प्राप्त भएको गणतन्त्रका विरुद्ध राजावादी, विदेशी हिन्दू अतिवादी तथा वामपन्थी संकीर्णवादी गरी तीन तर्फबाट आक्रमण भइरहेको उनको दाबी छ ।

नेकपा मालेका सचिवालय सदस्य गोपालमणि गौतमले संसद् विघटन गर्ने प्रधानमन्त्रीको प्रतिगामी कदम देश र जनताको हितमा नभएकाले संयुक्त आन्दोलन जरुरी रहेको बताए । 

क्रान्तिकारी माओवादीका पोलिटब्यूरो सदस्य प्रेम सुवेदीले संसद् विघटन गलत भएपनि संसद् पुनःस्थापनाले जनताका अधिकार सुनिश्चित हुन नसक्ने उल्लेख गर्दै मिल्ने  सकिने एजेन्डामा एकसाथ अगाडि बढ्न सकिने बताए । 

नागरिक समाजका अगुवा पदम कार्कीले संसद् विघटन गर्ने प्रधानमन्त्रीको कदम असंवैधानिक मात्र नभएर प्रतिगामी भएकाले असंवैधानिक कदमलाई सुधार गर्न सकिने उल्लेख गर्दै प्रतिगामी कदम सुधार गर्न नसकिने बताए । 

प्राध्यापक डाक्टर माधवराज पन्थी र प्राध्यापक लीलाबहादुर केसीले प्रतिगमनकाविरुद्ध अग्रगामी निकासका लागि संयुक्त आन्दोलनको आवश्यकता भएकोमा जोड दिए । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x