छिमेकी मुलुक चीनमा जुन गतिमा रेल कुद्छन्, त्यही गतिमा रेल स्टेसन पनि बन्न थालेका छन् ।
चीनको फुजियान प्रान्तमा इन्जिनियरिङको उम्दा उदाहरण प्रस्तुत गर्ने घटना भएको छ । त्यहाँ तीनवटा रेल रूटलाई जोड्ने आवश्यकता भएपछि इन्जिनियरहरूले जम्मा नौ घन्टामा रेलवे स्टेसन तयार गरिदिए ।
नेपालमा एउटा सानो बाटो बनाउन पनि वर्षौं लाग्ने गरेकोमा चीनमा फटाफट काम हुन्छ । रेलवे स्टेसन बनाउन १५ सय कामदार जुटे । स्टेसन बनाउन पूर्वयोजना, डिजाइन, टास्क फोर्स र कार्यविभाजन तयार गरिएको थियो ।
सबै कामदार र इन्जिनियरलाई सातवटा कदममा सबै काम सम्झाइएको थियो ।
भवन मात्र नभई त्यहाँबाट हिँड्ने रेल रूटका लागि पटरीहरू, सिग्नल र अन्य तमाम कुराहरू केही घन्टामै तयार गरियो । यसबाट पनि चीनको अद्भुत इन्जिनियरिङका बारेमा थाहा लाग्छ ।
गेलाङ, गेनरूईलाङ र जेहानलाङ रेलवेलाई नयाँ रेल रूट नेनलाङसँग जोड्नका लागि रेलवे स्टेसन तीव्र गतिमा बनाइएको थियो । दुई सय ४६ किलोमिटरको यो नयाँ रेल रूटमा स्थानीय रेलहरू २०० किलोमिटर प्रतिघन्टाको गतिमा दौडिनेछन् ।
लोकान्तर संवाददाता