फ्लोरमा निस्कियो गणपति, मुकुन र मेनुकाको जोडी

अभिनेता मुकुन भुषाल र अभिनेत्री मेनुका प्रधानले पहिलो पटक एकसाथ काम गर्दैछन्, चलचित्र गणपतिमा । यो चलचित्रमा पहिलोपटक काम गर्न पाउँदा दुवैजना खुसी छन् ।

यो चलचित्रको आजबाट छायांकन प्रारम्भ भएको छ । तनहुँ बन्दीपुर गाउँपालिका थारुबासमा पहिलो दृश्य कैद गर्दै गणपतिको छायांकन सुरु गरिएको हो । चलचित्रको सम्पूर्ण छायांकन बन्दीपुर आसपासमा हुने निर्माण टिमको तयारी छ ।


Advertisement

सविन अधिकारीको निर्देशन, कथा, पटकथा तथा संवाद रहेको चलचित्रलाई लक्ष्मण थापा, विज्ञान केसी र अरविन्द्र गिरीले संयुक्त रुपमा निर्माण गर्दैछन् ।

चलचित्रमा मुकुन र मेनुकासँगै सूर्यमाला खनाल, जयनन्द लामा, राजाराम पौडेल, प्रकाश घिमिरे, पुष्कर गुरुङ, अंशु मानन्धर, कालु राना, अर्जुन गुरुङ, सुशील पोखरेल, श्रीदेव वि.एल लगायतका कलाकारको अभिनय देख्न सकिन्छ । चलचित्रमा भगवान र मानिस बीचको फरक देखाइने जनाइएको छ ।


Advertisement

चलचित्रको गीतमा अनिश अधिकारीले शब्द तथा संगीत छ भने अनिश अधिकारी र देवेन्द्र बब्लुले आवाज सुन्न सकिन्छ ।

गोविन्द शाहीले देशभर वितरण अधिकार दिएको चलचित्रको ओभरसिज राइट्स स्रित फिल्मस् एण्ड इन्टरटेन्मेन्टले लिएको छ ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्