चलचित्रको नाम गज्जबको छ । नाम जस्तै चलचित्र बन्छ या बन्दैन त्यो प्रदर्शनको दिन थाहा हुन्छ । तर, यो चलचित्र १ वर्षअघि घोषणा गरिएको थियो ।
घोषणा भएको लामो समयपछि यो चलचित्र छायांकनमा निस्किएको हो ।
चलचित्रको यतिबेला काठमाडौंका विभिन्न ठाउँमा छायांकन भइरहेको छ । यसलाई ऋषिराज आचार्यले निर्देशन गरिरहेका छन् । तर, चलचित्रका मुख्य अभिनेता–अभिनेत्री भने अहिलेसम्म घोषणा गरिएको छैन । निर्माण पक्षले चलचित्रको छायांकन सकिएपछि अभिनेता र अभिनेत्रीलाई सार्वजनिक गर्ने तयारी गरेको छ ।
निर्देशक आचार्यकै लेखन, निर्माण र निर्देशन रहेको चलचित्रमा रविन्द्र झा, शिशिर भण्डारी, दीपक आचार्य, सुबोध गौतम, पवन खतिवडा, सुरवीर पण्डित, सुनिता श्रेष्ठ, ऋतु आचार्य, लक्ष्मी ढकाल, राजेन्द्र खाती, महेश्वर आचार्य, कमल सिंह, अस्मिता बस्नेत, तुलसी श्रेष्ठ, सरिस्मा मगर, मनिल तामाङ, रश्मी आचार्यलगायतका कलाकारहरुको अभिनय देख्न सकिन्छ ।
चलचित्र आरवी मुभीजको ब्यानरमा निर्माण हुँदैछ । निर्देशक आचार्य र रीना ढकाल निर्माता रहेको यो चलचित्रमा सह–निर्माताको रुपमा विमला भुसाल, राजेन्द्र खाती र शिव थापा रहेका छन् । मनोरञ्जनात्मक चलचित्रको रुपमा चुरीफुरी निर्माण हुने निर्देशक आचार्यको भनाई छ ।
राहुल राईको छायांकन, भीमफेदी गाइजको कोरियोग्राफी, विजय आचार्यको कला निर्देशन र दीपक शर्माको संगीत रहेको चलचित्रका गीतमा समीर आचार्य, विश्व नेपाली र बेनिशा पौडेलको स्वर सुन्न सकिन्छ ।
लोकान्तर संवाददाता