×

NMB BANK
NIC ASIA

नेकपा विभाजनपछिको अंकगणित

नेकपा फुट्दा दाङका ‘हेभी वेट’ दुईतिर : महरा र शंकर पोखरेलमा कसको पल्ला भारी ?

माघ ९, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

राष्ट्रिय राजनीतिका दुई चर्चित खेलाडी कृष्णबहादुर महरा र शंकर पोखरेलको गृहजिल्ला हो, दाङ ।

Muktinath Bank

पोखरेल हाल लुम्बिनी प्रदेशका मुख्यमन्त्री समेत हुन् भने महरा पटक–पटकका मन्त्री भइसकेका नेता तथा पूर्व सभामुख हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेकपा विभाजनपछि अहिले महरा र पोखरेल दुई अलग–अलग समूहमा लागेका छन् ।


Advertisment
Nabil box
Kumari

प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वास पात्र समेत रहेका पोखरेल ओली खेमामै लागेका छन् भने महरा पुष्पकमल दाहाल ‘प्रचण्ड’–माधव नेपाल समूहमा छन् ।

Vianet communication
Laxmi Bank

‘हेभी वेट’ नेता दुईतिर बाँडिएपछि दाङको राजनीति पेचिलो र रोचक बनेको छ । 

दाङमा महरा र पोखरेलका अलावा (प्रचण्ड–नेपाल) समूहका लुम्बिनी प्रदेश इञ्चार्ज युवराज ज्ञवाली र विघटित प्रतिनिधि सभामा नेकपाकी सचेतक शान्ता चौधरी पनि छन् । चौधरी हाल ओली समूहमा छिन् ।

नेकपा विभाजन हुनुभन्दा अगाडि पार्टीभित्र विवाद मत्थर भएको मौकामा अध्यक्षद्वय ओली र प्रचण्डलाई सहमत गराएर प्रदेशको राजधानी बुटवलबाट दाङ सारेर पोखरेलले आफ्नो राजनीति केही सुरक्षित गराएका थिए । 

तर, प्रतिनिधि सभा विघटन र पार्टी विभाजनपछि उनीलाई फेरि कडा परिश्रम गर्नुपर्ने अवस्था देखिन्छ ।

त्यसो त प्रतिनिधि सभा सभामुख छँदा संसद् सचिवालयकी कर्मचारीलाई यौन दुर्व्यवहार गरेको आरोप लागेकाले महरालाई पनि आफ्नै किसिमको अप्ठ्यारो भने छ ।

अझै रोचक कुरा त के भने महरा र पोखरेलको प्रतिनिधि सभा चुनाव क्षेत्र एउटै हो । वाम गठबन्धन बनाउँदा यी दुई नेताको व्यवस्थापन निकै ठूलो चुनौतीका रूपमा देखिएको थियो ।

पछि पोखरेललाई मुख्यमन्त्री बनाउने घोषणासहित प्रदेश सभामा उम्मेदवारी दिन लगाइएको थियो भने महरा दाङ क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनेका थिए ।

चुनावमा महराले ४० हजार ४२ मत प्राप्त गरी विजयी हुँदा नेपाली कांग्रेसका राजु खनालले २५ हजार ८ सय ९७ मत पाएका थिए ।

परिवर्तनशील मतदाता

विगत नियाल्ने हो भने दाङका मतदाता परिवर्तनशील देखिन्छन् ।

२०६४ सालमा ५ वटै निर्वाचन क्षेत्रमा तत्कालीन नेकपा (माओवादी) विजयी भएको दाङमा २०७० मा सबै क्षेत्रमा कांग्रेसले जीत हात पारेको थियो ।

२०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा सबै क्षेत्र वाम गठबन्धनले जित्यो । तत्कालीन एमाले र माओवादी केन्द्र वाम गठबन्धन बनाएर चुनाव लडेका थिए ।

विभाजनपछि दाङमा नेकपाको प्रचण्ड–नेपाल समूह बलियो देखिएको छ । तर, ओली समूहको दाबी 'हामी पनि कमजोर छैनौं' भन्ने छ ।

प्रधानमन्त्री केपी ओलीले प्रतिनिधि सभा विघटन गरेपछि मुख्यमन्त्री पोखरेललाई झड्का दिने गरी नेकपा दाङका इञ्चार्ज जीवन गौतम, अध्यक्ष टीकाराम खड्का र सचिव तुलसीराम पुन ‘सुवास’ ले विज्ञप्ति नै जारी गरी असंवैधानिक कदमका विरुद्ध एकजुट हुन आह्वान गरे । उनीहरू प्रचण्ड–नेपाल पक्षमा खुलेका छन् ।

प्रतिनिधि सभामा प्रत्यक्ष चुनाव जितेका सबै प्रचण्ड–नेपालतर्फ

प्रतिनिधि सभाको गत निर्वाचनमा प्रत्यक्षबाट चुनाव जितेका सबै सांसद प्रचण्ड–नेपाल समूहमा लागेका छन् ।

३ वटा क्षेत्र रहेको दाङमा क्षेत्र नम्बर १ बाट मेटमणि चौधरी, क्षेत्र नम्बर २ बाट कृष्णबहादुर महरा र क्षेत्र नम्बर ३ बाट हिराचन्द्र केसी निर्वाचित भएका थिए ।

चौधरी र केसी पूर्व एमाले र महरा पूर्व माओवादी हुन् । 

त्यस्तै जिल्लाबाटै प्रतिनिधि सभामा समानुपातितर्फ प्रतिनिधित्व गर्ने सांसद शान्ता चौधरी र विष्णु शर्मा ओली समूहमा छन् । 

दाङबाट राष्ट्रिय सभामा पनि २ जनाले प्रतिनिधित्व गर्छन् । त्यसमध्ये जगप्रसाद शर्मा प्रचण्ड–नेपाल र कोमल वली ओली समूहमा छन् ।

प्रदेश सभामा ओली पक्षमा धेरै  

लुम्बिनी प्रदेश सभामा दाङबाट नेकपाका ८ सांसदको प्रतिनिधित्व छ ।

पोखरेल, रेवतीरमण शर्मा, विमला वली, अमरबहादुर डाँगी, धमकली चौधरी सरस्वती गौतम ओली समूहतिर छन् । त्यस्तै इन्द्रजित थारु र दामा शर्मा प्रचण्ड नेपाल समूहतर्फ छन् ।
थारू र शर्मा पूर्व माओवादी हुन् । 

स्थानीय तहका प्रमुख ओलीतिर उपप्रमुख प्रचण्ड–माधवतिर 

दाङमा १० वटा स्थानीय तह छन्, जसमध्ये तीन वटामा कांग्रेस र अन्यमा नेकपा विजयी भएको थियो । 

दाङमा ६ वटा स्थानीय तहमा तत्कालीन एमाले र एउटामा तत्कालीन माओवादी विजयी भएका थिए ।

विभाजनपछि स्थानीय तहका प्रमुख र उपप्रमुख पनि दुई खेलमा लागेका छन् । 

दाङमा नेकपाले जितेका स्थानीय तहका प्रमुख ओली र उपप्रमुख प्रचण्ड–नेपाल खेमामा खुलेका हुन् । 

बबई गाउँपालिकाका प्रमुख भुवनेश्वर पौडेल ओली समूह र शान्ता विश्वकर्मा प्रचण्ड–नेपाल समूहमा छन् ।

दंगीशरण गाउँपालिका प्रमुख भागिराम चौधरी ओली समूहमा छन् । त्यहाँ उपप्रमुख कांग्रेसले जितेको छ ।

त्यस्तै घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरी ओली र उपप्रमुख सीता सिग्देल प्रचण्ड–नेपाल पक्षमा छन् ।

त्यस्तै गढवा गाउँपालिकाका प्रमुख सहजराम यादव ओली र उपप्रमुख शान्ता चौधरी प्रचण्ड–नेपाल पक्षमा छन् ।

त्यस्तै बंगलाचुली गाउँपालिकाका अध्यक्ष भक्तबहादुर वली ओली समूह र उपप्रमुख यमुना थापा प्रचण्ड लाइनमा, त्यस्तै तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डे र उपप्रमुख माया शर्मा दुवै ओली समूहमा छन ।

लमही नगरपालिका प्रमुख कुलबहादुर केसी ओली समूहमा छन् । त्यहाँ उपप्रमुख कांग्रेसले जितेको थियो । 

जिल्लाका प्रभावशाली को कता ?

जिल्ला कमिटीमा नेताहरू पनि दुुई खेमामा बाँडिएका छन् ।

जिल्ला अध्यक्ष टीकाराम खड्का, तुलसीराम पुन, चूडामणि बेल्वासे, हिराचन्द्र केसी, अजयदीप शर्मा र पुनम श्रीपाली प्रचण्ड–नेपाल समूहमा छन् । 

जिल्लाका नेताहरू हुकुम बस्नेत, मानबहादुर बुढाथोकी, विवेक श्रेष्ठ, श्याम अर्याल, कुलबहादुर केसी, विनोद शर्मा ओली समूहमा लागेका छन् ।

जिल्ला कमिटीमा प्रचण्ड–नेपाल समूह बलियो 

नेकपा दाङमा १ सय ५५ सदस्यीय जिल्ला कमिटी हो । त्यसमध्ये ११० जना प्रचण्ड–नेपाल समूहतर्फ खुलेका छन् । जिल्ला कमिटी बनाउँदा पूर्व एमालेका ८३ र पूर्व माओवादीका ७२ जना थिए । 
त्यसमध्ये पार्टी विभाजन हुँदा पूर्व एमालेका आधा (जिल्ला अध्यक्ष खड्का सहित) ४० जना प्रचण्ड नेपाल समूहमा लाग्दा जिल्ला कमिटीमा नेपाल समूह हावी जस्तो देखिन्छ । 

त्यस्तै ७ सदस्यीय जिल्ला कार्यालय टीमका सदस्यमध्ये ६ जना आफ्नो पक्षमा खुलेको प्रचण्ड–नेपाल समूहको दाबी छ ।

दुवै पक्षको आ–आफ्नै दाबी 

पार्टी विभाजनपछि दुवै समूहले जिल्लामा आफ्नै समूह बलियो रहेको दाबी गर्ने गरेको छ । जिल्ला अध्यक्ष टीकाराम खड्का जिल्लामा प्रचण्ड–नेपाल समूह बहुमतमा रहेको दाबी गरे ।

उनले भने, ‘जिल्ला कमिटीका अधिकांश नेता हामीसँगै हुनुहुन्छ । सबै तहमा हामी बलियो छौं ।’

त्यस्तै ओली समूहका जिल्ला तहका नेता मनोहर बुढाथोकीले नेताहरू अर्को समूहमा धेरै देखिए पनि आफूहरूको जनाधारमा कुनै कमी नरहेको बताए । 

उनले भने, ‘मुख्यमन्त्री पोखरेलले यहाँको अभिभावकीय भूमिका निर्वाह गर्नुभएको छ । जिल्लामा राजधानी ल्याउन सफल हुँदा उहाँको जनाधार बढेको छ । हामीलाई कुनै अप्ठ्यारो छैन ।’

ओली समूहका प्रदेश सभा सदस्य रेवतीरमण शर्माले जिल्लाका प्रभावशाली र पुराना नेताहरू मुख्यमन्त्रीको साथमा रहेको बताए ।

त्यस्तै प्रचण्ड–नेपाल समूहकी प्रदेश सभा सदस्य दामा शर्माले जिल्लाको राजनीतिमा प्रचण्ड–नेपाल पक्ष नै बलियो रहेको दाबी गरिन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x