×

NMB BANK
NIC ASIA

शिवसेनाले पुलवामा आक्रमणका विषयमा भाजपामाथि लगायो गम्भीर आरोप

माघ १०, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

अमेजन प्राइम भिडियोले बनाएको वेब सिरीज ताण्डवको विरोध प्रकरणलाई लिएर शिवसेनाले भारतीय जनता पार्टीमाथि गम्भीर आरोप लगाएको छ । 
 

Muktinath Bank

भाजपाले अनेकौं ताण्डव गरिरहेको भनी शिवसेनाको आधिकारिक पत्रिका सामनामा शिवसेनाले लेख्यो । 
 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अर्णव गोस्वामीको च्याट लीक भएको विषयलाई सन्दर्भ बनाउँदै शिवसेनाले लोकसभा निर्वाचन जित्न ४० जवानको रगत बगाइएको भनी भाजपामाथि आरोप लगाएको छ ।


Advertisment
Nabil box
Kumari

यस्तै किसिमका आरोप यसअघि पनि लगाइएको थियो र अर्णवको ह्वाट्सयाप च्याट बाहिर आएपछि यी आरोप थप पुष्टि भएको शिवसेनाले बताएको छ । यति ठूलो काण्ड हुँदा पनि भाजपाले ताण्डव त परै जाओस्, भाँगडा पनि नगरेको र भगवान् राम पनि टाउको ठोकिरहनुभएको होला भनी शिवसेनाले लेखेको छ । 

Vianet communication
Laxmi Bank

राष्ट्रिय सुरक्षासँग सम्बन्धित गोप्य कुरा गोस्वामीले सार्वजनिक गरिदिँदा भाजपाले किन ताण्डव नगरेको भनी शिवसेनाले प्रश्न सोधेको छ । ‘चीन लद्दाखमा प्रवेश गरेर हिन्दुस्तानी भूमि कब्जा गर्दा भाजपा किन ताण्डव गर्दैन ? गोस्वामीले ४० जना जवानको हत्यामा आनन्द व्यक्त गर्दा देश, देव र धर्मको अपमान भएको छ,’ शिवसेनाले लेखेको छ । 

भाजपा अब हास्यव्यंग्यको विषय बनेको उसले लेखेको छ । दिनदिनै नयाँ स्वाङ र ढोङ रचेर जनतालाई मनोरञ्जन गर्ने प्रयोग भाजपाले गरिरहेको शिवसेनाको आक्षेप छ । 
 

अर्णव गोस्वामीको च्याट लीक भएको विषयमा विपक्षी दलहरूले राष्ट्रिय सुरक्षाको विषय उठाउँदै सरकारसँग जवाफदेहिताको माग गरेका छन् ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x