भायानेटले ल्यायो इएमआई अफर

सस्तो मूल्यमा उत्कृष्ट इन्टरनेट प्रदान गर्नको लागि भन्दै भायानेटले इएमआई अफर सार्वजनिक गरेको छ ।

यस अफर अन्तर्गत ग्राहकहरुले आफूले लिन चाहेको भायानेट इन्टरनेटको प्याकेजको वार्षिक ग्राहक बन्दा एक मुष्ट रकम नतिरी इएमआई अर्थात् मासिक किस्ताबन्दीमा  शुल्क तिर्न सकिने प्रावधान छ । 


Advertisement

यो अफर मार्फत् ग्राहकले १२ महिनाको अवधिको मासिक इएमआई मात्र रु. १९५६ तिरेमा पाउनुहुनेछ १२ महिनाको अवधिको ३० मिनेट इन्टरनेट र भायाटिभी टेलिभिजन प्याकेज र त्यस सम्बन्धी लाग्ने सबै जडान खर्च, फाइबर वाइफाई डिभाइस र एउटा सेट–टप–बक्स (वैकल्पिक) सहित ।

इएमआई अफर लिने ग्राहकलाई थप १००० रिवार्ड प्वाईट पनि उपलब्ध गराइनेछ । यो अफर भायानेटको अन्य प्याकेजमा पनि उपलब्ध छ ।


Advertisement

यो अफर हाल एनआईसी एशिया बैंकको क्रेडिट कार्ड ग्राहकहरुको लागि सीमित छ । तर छिट्टै नबिल बैंक र अन्य बैंकहरुसँग पनि समझदारी हुने बताइएको छ ।

यसरी इएमआई मा पैसा तिर्दा ग्राहकहरुले १ वर्षको इन्टरनेट सहित जडान खर्च र डिभाइसहरुको मूल्य सजिलै मासिकरुपमा बिस्तारै तिर्ने सुविधा प्रदान गरिएको कम्पनीले जनाएको छ ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्