चन्द्रागिरिको आईपीओ भर्ने १० लाख ७१ हजारको हात खाली, कतिले पाए ?

चन्द्रागिरी हिल्स लिमिटेडको आईपीओ बाँडफाँट भएको छ।

कम्पनीको आईपिओमा आवेदन दिनेमध्ये  १ लाख ३९ हजार ६ सय २ जनाले कम्पनीको १० कित्ता शेयर पाएको कम्पनीको शेयर बिक्री तथा निष्कासनको जिम्मा पाएको ग्लोबल आईएमई क्यापिटलले जनाएको छ।


Advertisement

आवेदन दिएका मध्ये १० लाख ७१ हजार ५ सय १३ आवेदकहरुको हात भने खाली नै रहेको छ ।

यसअघि कम्पनीको आईपीओ भएकाहरुमध्ये १२ लाख ११ हजार १ सय १५ जनाको मात्रै आवेदन स्वीकृत भएको थियो। ४० हजारभन्दा धेरैको आवेदन रद्द भएको थियो।


Advertisement

कम्पनीको आईपीओमा कुल १२ लाख ५१ हजार १० आवेदकबाट २ करोड ४४ लाख ७४ हजार ५ सय ३० कित्ताको लागि आवेदन परेको थियो ।

कम्पनीले कुल १५ लाख ३४ हजार ९१ कित्ता सेयर जारी गरेको हो। यसमध्ये ६१ हजार ३६४ कित्ता अर्थात ४ प्रतिशत आफ्ना कर्मचारीलाई दिने छ। ७६ हजार ७०५ कित्ता अर्थात ५ प्रतिशत सामूहिक लगानी कोषहरुलाई दिने छ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि निष्कासन गरेको थियो। 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्