प्रचण्ड–नेपाल समूहको विरोध कार्यक्रम, मास्कविनै सडकमा प्रदर्शनकारी

कोरोना संक्रमण (कोभिड १९) को जोखिम कायमै रहेको समयमा नेकपा प्रचण्ड–नेपाल समूहले शुक्रवार आयोजना गरेको विरोध कार्यक्रममा प्रदर्शनकारीहरू पर्याप्त स्वास्थ्य सावधानीविनै सडकमा आएका छन् ।

विरोध प्रदर्शनमा उपस्थित भएकाहरूमध्ये कतिपयले मास्क लगाएका छैनन् भने कतिपयको चिउँडोमा मास्क छ । 


Advertisement

नेपालमा कोरोनाविरुद्धको खोप लगाउने काम नै शुरू नभएको अवस्थामा जोखिमयुक्त नभएको जनस्वास्थ्यविद्हरू बताउँछन् ।

प्रचण्ड–नेपाल समूहले विरोध र्‍यालीमा अभद्र नारा नलगाउन आग्रह गरे पनि मास्क लगाउनेबारे कुनै निर्देशन दिएको छैन ।


Advertisement

सरकारले भीडभाडमा जाँदा अनिवार्य मास्क लगाउन अहिले पनि आग्रह गरिरहेको छ ।

प्रचण्ड–नेपाल समूहको प्रदर्शनमा सहभागी हुन देशका विभिन्न स्थानबाट कार्यकर्ता काठमाडौं आएका छन् । 

तस्वीर रेणु दाहालको फेसबूक वालबाट

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्