×

NMB BANK
NIC ASIA

सस्तो मूल्यमा काउली बेच्नुपर्दा किसान निरास

माघ ९, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

शुक्लाफाँटा नगरपालिका–३ का काउली खेतीमा संलग्न किसान यज्ञराज गौतमले आठ कट्ठा जग्गामा रोपेको काउली बेच्नका लागि तयार भएको छ ।

Muktinath Bank

खेतमा फलेको काउली बिग्रिन थाले पनि खरिद कर्ता पाएका छैनन् । दुई साताअघि प्रतिकिलो रु ५० देखि ५५ थोकमा बिक्री भइरहेको काउलीको बजार मूल्य ह्वात्तै घटेर रु १० देखि १२ मा झरेपछि उनी निकै चिन्तित छन् । “काउली उत्पादन गर्दासम्म लागत खर्चनै प्रतिकिलो रु २० सम्म पुगेको छ”, उनले भने, “लागत खर्चनै नउठ्ने गरी बजारमा घाटा खाएर काउली बेच्नुपरेको छ ।”


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

 सिँचाइ, मलखाद, कीटनाशक, गोडाइ, जोताइ र मजदूरको खर्च जोड्दा लागत खर्च निकै बढी हुने भए पनि थोरै मूल्यमा बेच्नुपर्दा घाटा लागेको उनले बताए ।


Advertisment
Nabil box
Kumari

“विगत वर्षमा व्यापारी उत्पादित काउलीलगायत तरकारी खरिद गर्न गाउँसम्म नै आउँथे”, अर्का काउली उत्पादनमा लागेका किसान वसन्ती चौधरीले भनिन्, “हाल व्यापारी आएका छैनन् । खेतमा धेरै काउली लगाएका छौँ । बजारमा लैजाँदा थोरै मूल्यमा बिक्री गर्नुपरेको छ । ढुवानीका साधानको व्यवस्था मिलाउन नसक्दासमेत खेतमा काउली बिग्रने अवस्थामा पुगेको छ ।” ढुवानीका साधानको अभाव र थोरै मूल्यमा काउली बिक्री गर्नुपर्ने अवस्थाले निकै निराश भएको उनले बताइन् ।

Vianet communication
Laxmi Bank

 “खेतमा उत्पादन भएको काउलीलगायत तरकारी बिक्री गर्न निकै अप्ठेरो छ”, उनले भनिन्, “बजार भाउ पाउँदैनौँ । टाढाको बजारमा भाउ पाइए पनि समयमै ढुवानीका साधनको व्यवस्था गर्न नसक्दा उत्पादित तरकारी पु¥याउन सकिँदैन ।” खेतमै बिग्रिएको तरकारी घरपालुवा जनावरलाई खुवाउन बाध्य भएको उनले बताइन् ।

 “व्यापारीले सस्तोमा माग्छन्”, नवकिरण सहकारी संस्थाका अध्यक्ष धनबहादुर चौधरीले भने, “किसानले महँगोमा बेच्न खोज्छन् । यसै कारणले उत्पादित तरकारी बिक्रीमा समस्या देखिएको छ ।” काउली उत्पादन सबै किसानले एकै समयमा गरेकाले पनि बजार मूल्य घटेको उनको भनाइ छ । विचौलियाको भर नपरेर तरकारी उत्पादक किसानले सिधै व्यापारीसँग तरकारी बिक्री गर्दासमेत घाटा नलाग्ने गरी मूल्य पाउन सक्ने हुन्छ ।
 
त्यसका लागि व्यापारी र किसानबीच छलफल गरी उचित मूल्य निर्धारण गर्नुपर्ने वडाध्यक्ष नरेन्द्रप्रसाद चौधरीले बताए । “वडाका सबै परिवार तरकारी खेतीमा लागेका छन्”, उनले भने, “तरकारी खेतबाट सबैको घर खर्च चलेको छ । बजारीकरणको समस्या हल गर्न सबैको पहल आवश्यक छ ।”
 
कृषि विकास शाखाका प्रमुख खडक विकले मुख्यमन्त्री नमूना गाउँ कार्यक्रमअन्तर्गत वडा नं ३ का तरकारी खेती गर्दै आएका किसानलाई आधुनिकीकरण गर्नका लागि रु एक करोड बढी रकम लगानी गरिएको बताए । “लगानीअनुरुप किसानले तरकारी उत्पादन गरेका छन्”, उनले भने, “सबै किसानले एउटै किसिमको तरकारी फलाउँदा बजार मूल्य थोरै पाएका हुन् । किसानका खेतमा काउली फलेको छ । माग थोरै छ । यस वर्ष उत्पादन धेरै भएको छ । त्यसैले पनि मूल्य घटेको छ ।” सहजै तरकारी बिक्री गर्नका लागि तरकारी सङ्कलन केन्द्रको व्यवस्थासँगै ढुवानीका साधनको व्यवस्था गरिनुपर्ने उनले बताए । “कृषि क्षेत्रमा क्रियाशील सङ्घ संस्थासँग समन्वय गरी तरकारी बिक्रीका लागि देखिएको बजारको समस्या हल गर्छौं”, नगर प्रमुख दिलबहादुर ऐरले भने, “ढुवानीका साधनको व्यवस्थासमेत मिलाउँछौँ ।”

 नगरपालिकासँग रहेका टिपर परिचालन गरी किसानलाई हप्ताको तीन दिन ढुवानीका लागि उपलब्ध गराइने उनले बताए । वडा नं ३ को पिपलाडी र जोनापुर गाउँ तरकारी खेतीका लागि अग्रणी छ । गाउँका ६० बढी किसानले व्यावसायिकरुपमा काउली खेती गरेका छन्

। यहाँको काउली खेतीले झलारी, वन समिति, कलुवापुर, दैजी, सिसैया, सुडा र महेन्द्रनगरलगायत बजार धानेको छ । एक सिजनमा मात्रै यहाँबाट रु ८० लाख बढीको काउली मात्रै बिक्री हुने गरेको छ । काउली, तितेकरेला, काँक्रा, लौका, गोलभँेडा, खुर्सानीलगायत तरकारी  मौसमी, बेमौसमी यहाँ उत्पादन हुने गरेका छन् । बाह्रै महिना किसानले तरकारी उत्पादन गर्दछन् । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x