×

NMB BANK
NIC ASIA

जडीबुटी कृषकलाई एक लाख बिरुवा वितरण गरिने

माघ ९, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

नाङ्गा डाँडापाखालाई हरियालीसँगै आयमूलक बनाउनका लागि एक लाख जडीबुटीको बिरुवा वितरण गरिने भएको छ । डिभिजन वन कार्यालय भोजपुरले कृषकलाई आयआर्जनमा सहयोग पु¥याउने उद्देश्यले नर्सरी स्थापना गरेर बिरुवा वितरण गर्न लागेको हो । 

Muktinath Bank

कार्यालयले षडानन्द नगरपालिका–१३ भिरथाप्लामा दुई हजार ४५० मिटर उचाइमा करीब दुई रोपनी क्षेत्रफलमा विभिन्न जातका जडीबुटीको बिरुवा उत्पादन गरेर वितरण गर्ने तयारी गरेको हो । यहाँ उत्पादन भएका बिरुवा सामुदायिक वनका नाङ्गापाखा तथा स्थानीयवासीका निजी जमीनमा समेत विस्तार गर्ने योजना रहेको डिभिजन वन कार्यालय भोजपुरका प्रमुख विष्णुलाल घिमिरेले जानकारी दिए । प्रमुख घिमिरेले भने, “यस जिल्लाको माथिल्लो भेगमा जडीबुटीको सम्भावना धेरै राम्रो छ, स्थानीयवासीले पनि कतिपय ठाउँमा आफैँ तथा कार्यालयको सहयोगमा व्यावसायिक खेती गरिरहेका छन्, यसलाई अझ विस्तार गर्नका लागि उच्च भागमा हुने जडीबुटीको बिरुवा उत्पादन गरेर वितरण गर्ने योजनामा छौँ ।”


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कच्चापदार्थको अभावमा पटपटेको तेल निकाल्ने उद्योगहरु बन्द हुने अवस्थामा पुगेकाले यसको खेतीमा समेत जोड दिएको कार्यालयको भनाइ छ । ती उद्योगलाई पुग्ने कच्चापदार्थ पुग्ने गरी पटपटेको  खेतीको विस्तारमा लाग्नुपर्ने आवश्यकता देखिएको प्रमुख घिमिरेले जानकारी दिए । “कच्चापदार्थको अभावमा वन पैदावरमा आधारित उद्योगहरु धराशयी बन्दै गएको जानकारी आएको छ, विशेष गरेर यहाँ पटपटेको तेल निकाल्नका लागि लाखौँ लगानी गरेर स्थापना भएका उद्योगहरु बन्द हुने अवस्थामा छन्, यी उद्योगलाई कच्चापदार्थको कमी हुन नदिनका लागि पटपटेको  खेतीलाई विस्तार गर्ने कार्यालयको लक्ष्य छ”, प्रमुख घिमिरेले भने । 


Advertisment
Nabil box
Kumari

कार्यालयको पहलमा विभिन्न ठाउँलाई पकेट क्षेत्रका रुपमा विकास गरेर जडीबुटीको विस्तार गरिएको छ । प्रदेश हरित अभियान कार्यक्रमअन्तर्गत नर्सरी स्थापना गरेर लोडसल्ला, पाखनवेत, पटपटेलगायत एक लाख बिरुवा उत्पादन गरेर किसानलाई वितरणको तयारी गरिएको छ । कार्यालयले रु २० लाख लागतमा नर्सरीको स्थापना गरेको हो । यसलाई थप विस्तार तथा स्तरोन्नति गर्ने लक्ष्य रहेको कार्यालयको भनाइ छ । खेती विस्तारले कच्चापदार्थको अभावमा बन्द हुने अवस्थामा पुगेका उद्योगलाई सहजता हुने स्थानीय जडीबुटी किसान दाजुङ्बु शेर्पाले बताए । 

Vianet communication
Laxmi Bank

किसान शेर्पाले भने, “हाम्रो भेगका स्थानीयवासीले जडीबुटीमा आधारित व्यवसाय तथा उद्योग स्थापना गरेर मनग्य आम्दानी गरिरहेका छन्, तर कच्चापदार्थको अभावका कारण कतिपय उद्योग बन्द भएका छन् । कार्यालयले थालेको यो अभियानले त्यस्ता उद्योगलाई सहयोग पुग्ने देखिन्छ ।”

मूल्यमा गिरावट आएपछि पछिल्लो समयमा जडीबुटीको उत्पादनमा पनि केही कमी आएको स्थानीय जडीबुटी कृषक बालकृष्ण राईले बताए । मूल्यमा घटबढ हुँदा उत्पादनमा पनि असर परेको उनको भनाइ छ । “विगतका वर्षको तुलनामा उत्पादनमा पनि कमी हुँदै गएको छ, गत वर्ष जिल्लाबाट दुई हजार मन चिराइतो बाहिर गएको थियो तर मूल्यमा गिराबट आएपछि कृषक निरुत्साहित भएका छन्, यस वर्ष करीब एक हजार ५०० क्विन्टल हाराहारीमा मात्र उत्पादन भएको छ, सतुवाको पनि उत्पादन त्यस्तै छ, वर्षेनि घट्ने क्रममा छ, यस वर्ष त्यही १० क्विन्टल जति गाना र दुई लाख जति बिरुवाबाहिर निकासी भएको तथ्याङ्क छ”, व्यवसायी राईले भने । 

भोजपुरको माथिल्लो भेगमा चिराइतो, सतुवा, सेतक चिनी, शक्ति गुम्बा, पदमचाल, वन मूला, वन लसुन, टिमुर, किम्बु, भुत्केस, बुढो ओखती, लोडसल्ला, विखुम्बालगायत जडीबुटीको खेती गर्दै आएका छन् । यहाँको माथिल्लो भेग तिम्मा, किमालुङ, हेलौछा, मझौले, सुन्तलेलगायतका ठाउँमा यीबाहेकका अन्य धेरै प्रजातिका जडीबुटी पाउने भए पनि पहिचान गर्न समस्या हुने गरेकाले सरकारले यसको खोजी गर्नुपर्ने व्यवसायीको सुझाव छ । 

पकेट क्षेत्र घोषणा भएपछि यहाँ विभिन्न जातका बहुमूल्य जडीबुटीको उत्पादन भए पनि बजार मूल्य थाहा नपाउँदा उनीहरु समस्यामा परेका हुन् । जडीबुटीको बजार मूल्यको विषयमा ज्ञान नहुँदा विचौलियाले त्यसको लाभ लिने गरेको कृषकको भनाइ छ । सरकारले जडीबुटीको मूल्य तोकिदिएमा बिक्री वितरणमा सहजता हुने कृषक बताउँछन् । 

स्थानीयवासी जडीबुटी व्यवसायी मानबहादुर राईले भने, “हामीले धेरै बहुमूल्य जडीबुटीको खेती गरिरहेका छौँ, उत्पादन पनि राम्रो छ तर बजार मूल्यको ज्ञान नहुँदा समस्या छ, मेरो बुझाइमा हामी कृषकले बिक्री गरेको वस्तुबाट ३२ प्रतिशतमात्र लाभ पाउँछौँ भने ६८ प्रतिशत लाभ ठूला व्यापारीले लिने गरेको अवस्था छ, यसको निराकरण सरकारबाट हुन आवश्यक छ ।”

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x