आगामी मंगलबारदेखि नयाँ हास्य श्रृङ्खला ‘दुई स्वास्नीको पोई, कुना पसी रोई’ को प्रसारण प्रारम्भ हुने भएको छ ।
यो श्रृंखलालाई योहो टेलिभिजन एचडीमा प्रत्येक मंगलबार राति ८ः३० बजेदेखि प्रसारण हुन लागेको हो ।
काठमाडौंमै छायांकन भैरहेको उक्त श्रृङ्खला यूट्युबबाट पनि प्रसारण हुनेछ ।
समसामयिक तथा पारिवारिक विषयवस्तुमा आधारित उक्त श्रृंखलालाई एसकेएस फिल्म्सको प्रस्तुतिमा निर्माण गरिएको हो ।
गीता नेपाल (दाउरी) को लेखन रहेको यो श्रृंखलालाई ज्ञानकुमार कट्टेलले निर्देशन गरिरहेका छन् ।
श्रृंखलामा हाँस्य कलाकार गोपाल ढकाल छन्देले दुई श्रीमतीको श्रीमान्को को भूमिका निर्वाह गरेका छन् ।
श्रृंखलामा छन्देसहित अभिनेत्री शुभेच्क्षा थापा, विद्या कार्की, विशाल पहाडी, शुशीला निरौला (बिम्ली), गीता नेपाल (दाउरी), पुरुषोत्तम खड्का, चिन्तामणि पोखरेल, आयुष दाहाल, आयुष कार्की, कृष्ण खड्का, रामकृष्ण नेपाल, विजया बडाल आदि कलाकारले अभिनय गरिरहेका छन् ।
काठमाडौंको काभ्रेस्थली (भेडी गोठ) क्षेत्रमा छायांकन गरिएको यो श्रृंखलाका छायांकार राजु श्रेष्ठ हुन् ।
श्रृंखलामा मनोज ढकालको श्रृंगार तथा मनोज श्रेष्ठको प्रकाश व्यवस्थापन छ ।
लोकान्तर संवाददाता