×

NMB BANK
NIC ASIA

प्रधानमन्त्री ओलीसँग अमेरिकी राजदूतले गरे भेटघाट, बाइडन प्रशासनको प्राथमिकताबारे चर्चा

माघ ९, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले प्राधनमन्त्री केपी शर्मा ओलीसँग बिहीवार भेट गरेर अमेरिकी राष्ट्रपति जो बाइडनको प्राथमिकताका विषयमा चर्चा गरेका छन् । 

Muktinath Bank

अमेरिकी दूतावासको आधिकारिक वेबसाइटमा प्रकाशित समाचारअनुसार, बाइडन प्रशासनले नेपाल तथा अन्य मुलुकसँग मिलेर जलवायु परिवर्तन, आणविक प्रसार, साइबर वारफेयर र कोभिड–१९ जस्ता विश्वव्यापी महामारी लगायतका साझा चुनौतीको सामना गर्न चाहेको राजदूत बेरीले जानकारी गराए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नयाँ प्रशासनले विश्वव्यापी सम्पर्कका लागि कूटनीतिलाई प्राथमिक साधन बनाउने राजदूत बेरीले प्रधानमन्त्री ओलीलाई बताए । नेपाल लगायतका लोकतान्त्रिक मुलुकहरूसँग अमेरिकाको साझेदारीलाई पुनर्ताजगी दिन अमेरिकाको जोड रहने पनि बाइडनको भनाइ छ । 


Advertisment
Nabil box
Kumari

जलवायु परिवर्तनको अग्रमोर्चामा नेपाल पनि रहेको राजदूत बेरीले स्वीकार गरे । सगरमाथा संवादलाई सफल बनाउन तथा मिलेर जलवायु परिवर्तनका असरलाई सम्बोधन गर्न छलफल गर्ने अमेरिकी दूतावासको इच्छा रहेको पनि राजदूत बेरीले सन्देश दिए । 

Vianet communication
Laxmi Bank

बाइडन प्रशासनले मानवअधिकारमा पनि जोड दिने सन्देश राजदूत बेरीले दिएका छन् । 

अमेरिकाको नयाँ प्रशासनको विश्वव्यापी प्राथमिकताका विषयमा नेपाल सरकार र राजनीतिक दलका नेताहरूसँग राजदूत बेरीले उच्चस्तरीय भेटघाट गर्नेछन् । त्यसैको कडीका रूपमा उनले प्रधानमन्त्री ओलीसँग भेटघाट गरेका हुन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x