संसद् पुनःस्थापना हुन्छ, हुन्छ– झलनाथ खनाल

नेकपा प्रचण्ड–माधव नेपाल समूहका वरिष्ठ नेता झलनाथ खनालले संविधान जोगाउन प्रतिनिधि सभा पुनःस्थापना बाहेकको बाटो नभएको दाबी गरेका छन् ।

सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनःस्थापना गर्ने खनालको विश्वास छ ।


Advertisement

‘आजको सर्वोच्च अदालत हिजोका राजा महाराजाले बनाएको होइन, हामीले बनाएको संविधानले बनाएको हो । सर्वोच्चले संविधान बाहिर गएर कुनै व्याख्या गर्न मिल्दै मिल्दैन । संसद्को पुनःस्थापना हुन्छ, हुन्छ,’ खनालले भने, ‘संविधान बचाउने अर्को विकल्प छैन । सर्वोच्चले के गर्ला भनेर भ्रम छर्नु पर्ने अवस्था छैन । सर्वोच्चका न्याय मूर्तिले नेपालका जनता के भन्छन् भनेर मनमा गुनिरहनुभएको छ ।’ 

खनालले निर्वाचन आयोगले पनि आफूहरूलाई नै आधिकारिकता दिने विश्वास व्यक्त गरे । 


Advertisement

‘निर्वाचन आयोग कुनै हुकुमी शासनले बनाएको होइन, संविधानले बनेको निर्वाचन आयोगले दल ऐनलाई हेरेर मात्र निर्णय गर्नेछ,’ उनले भने । 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्