सूर्य चिह्न ल्याउने म ज्युँदै छु, मूल पार्टी हाम्रै हुन्छ– माधव नेपाल

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले २०४८ सालमा सूर्य चुनाव चिह्न आफूले ल्याएको भन्दै सूर्य चिह्न आफूहरूले नै पाउने दाबी गरेका छन् । 

उनले प्रतिनिधि सभा पुनःस्थापना हुने र आफूहरूको पार्टी नै मूल पार्टी हुने दाबी गरे । 


Advertisement

शुक्रवार काठमाडौंको भृकुटीमण्डपमा आयोजित सभालाई सम्बोधन गर्दै नेता नेपालले भने– ‘निर्वाचन आयोगमा गएर सूर्य चिह्न ल्याउने म ज्युँदै छु । सूर्यप्रति माया ममता कसैलाई छ भने हामीलाई छ, गणतन्त्रको मायाममता कसैलाई छ भने हामीलाई छ ।’

नेता नेपालले आफूहरू प्रधानमन्त्री केपी शर्मा ओलीसँग कुनै हालतमा नझुक्ने बताए ।


Advertisement

‘ओलीसँग झुक्ने कुनै काम गर्ने छैनौं, सँगसँगै जाने स्थिति बन्ला भनेर भ्रम नपाले हुन्छ, हामी मूल्य र विचारको राजनीति गर्छौं,’ नेपालले भने ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्